२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिर पक्षीय कार्यक्रमको नेतृत्व

१३ भाद्र २०७६, शुक्रबार १६:२९

भदौ १३, इस्लामावाद (रासस/एएफपी) | पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गर्नुभएको छ ।

भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।  

प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो । 

उहाँले आउँदो महिना हुने महासभामा काश्मिरको दूतको रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताउनुभएको छ । 

प्रदर्शनका लागि प्रधानमन्त्रीको सचिवालय अगाडि पनि हजारौ उपस्थित भएका थिए । उनीहरूले काश्मिरमा फोन, इन्टरनेट जस्ता सञ्चारसम्वन्ध विच्छेद गरिएको, आन्दोलन गर्न प्रतिबन्ध गरिएको र हजारौँलाई पक्राउ गरिएको बारेमा पनि चिन्ता व्यक्त गरेका थिए । 


प्रधानमन्त्री खानले प्रदर्शनमा उत्रिएर काश्मिरका जनताप्रति ऐक्ववद्धता जनाइएको र आफूहरु काश्मिरी जनताको पछाडि रहेको सन्देश दिन चाहेको बताउनुभयो ।

प्रदर्शनलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, “हामी सास रहेसम्म काश्मिरका जनताको पक्षमा उभिन्छौँ ।”

राजधानी इस्लामावाद बाहेक देशका अन्य सहरहरुमा पनि प्रदर्शनकारीको उल्लेख्य सहभागिता रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रदर्शनकारीहरुले ठूला ठूला झण्डा फहराएका थिए भने काश्मिरी जनताको अधिकारका पक्षमा नारा लगाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव