२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार ! यौनबर्द्धक औषधि सेवनबाट भएका ४ दर्दनाक घटना यस्ता छन्

१४ भाद्र २०७६, शनिबार ०८:४५

एजेन्सी | भियग्रा अर्थात् यौनबर्द्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन्ः

१.सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । अवस्था लाजमर्दो थियो । तर डाक्टरहरुले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरुलाई उर्दी नै जारी गर्नुपर्यो । उक्त घटनापछि अहिलेसम्म पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल ।

२.इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भियग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । उनलाई भियग्राले खराब असर पु¥यायो, जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । धन्न तत्कालै अस्पताल पु¥याइएकाले ज्यान जानबाट भने रोकियो ।

३.घटना सन् २०१७ को हो । जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुने महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन् । टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन् ।

४.सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए । भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव