२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रमामा अवतरण गर्नुअघि नै सम्पर्क विहीन भयो भारतको चन्द्रयान-२, चन्द्रमा पुग्ने सपना अधुरै

२०७६, २१ भाद्र शनिबार ०५:३७

भदौ २१, एजेन्सी | भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याउने भनेर पठाएको चन्द्रयान-२ को सम्पर्कविहीन भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए।

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण हुने बताइएको थियो । आफ्ना वैज्ञानिकहरूको उपलब्धी तथा उनीहरूलाई हौसला दिन इशरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'चन्द्रयान-२'सँग सम्पर्क टुटेपछि निराश वैज्ञानिकहरूलाई यान त्यहाँसम्म पुग्नु सानो उपलब्धि नभएकोले त्यसमा सानो मन नगर्न भन्दै उनीहरूलाई ढाडस दिएका थिए।

भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो । ४७ दिनअघि  भारतले  चेन्नईनजिकैको सिरहारीकोट अन्तरिक्ष केन्द्रबाट चन्द्रयान २ लञ्च गरेको थियो। लञ्च हुनुअघि पनि अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै समय सारिएको थियो।

चन्द्रयान-२ अवतरण हुने भनिएको ठाउँमा अहिलेसम्म कुनै यान पुगेका थिएनन्। पृथ्वीदेखि चन्द्रमाको दुरी ३ लाख ८४ हजार किलोमिटर छ। चन्द्रयान-२ का लागि भारतले १४.१ करोड डलर लगानी गरेको छ। यसअघि अमेरिका, रूस र चीनले मात्र चन्द्रमाको सतहमा आफ्ना यान अवतरण गराएका छन्। 

भारतले यसअघि सन् २००८ मा चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण नभइकनै उक्त यानले चन्द्रमामा पानीको खोज गरेको थियो। सन् १९६० को दशकदेखि भारतले अन्तरिक्ष कार्यक्रम सुरू गरेको थियो। पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रममा विशेष जोड दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित