२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरिया द्वारा दुई वटा क्षेप्यास्त्र परीक्षण

२०७६, २४ भाद्र मंगलवार ०८:०८

एजेन्सी | उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नतिब्दै उत्तरले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो ।

उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ । प्रतिबन्धहरु फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए वार्ताको औचित्य नै नरहने कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् । 

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच पुनः वार्ता शुरु गर्ने सहमति भइसकेको छ, तर वार्ताको मिति अझै तय भइसकेको छैन । उत्तर कोरियाले सीमित आणविक निरस्त्रीकरणको बदलामा कोरियाको सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्ध फुकुवा हुनुपर्ने पूर्वशर्त राख्दै आएको छ ।

उत्तर कोरियाले मंगलबार प्रहार गरेको सीमित क्षमताका दुई वटा क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए । यी क्षेप्यास्त्रहरु राजधानी प्योङयाङको बाहिर फ्यानगानबाट प्रहार गरिएका थिए । 

दक्षिण कोरियाली सेनाले यी हतियार ब्यालिस्टिक क्षेप्यास्त्र वा रकेट आर्टिलरी के हो भन्ने स्पष्ट नभएको जनाएको छ । कोरियाली सेनाका प्रवक्ता किम जून–राकले उत्तर कोरियाले प्रहार गरेका हतियारको विस्तृत प्राविधिक क्षमता जाँच्ने कार्य भइरहेको बताए । 

गत जुलाईदेखि यो आठौं परीक्षण हो । यसअघि प्रहार गरिएका हतियारहरु छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए । विज्ञहरुका अनुसार यी हतियारले अमेरिकी सैनिक अखडा सहित दक्षिण कोरियाका कुनै पनि स्थानमा प्रहार गर्नसक्ने क्षमताका छन् । 

सोमबार राति, उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन हुईले आगामी सेप्टेम्बरको अन्त्यदेखि अमेरिकासँग पुनः वार्ता हुने बताएका थिए । उनले उत्तर कोरियालाई स्वीकार्य नयाँ प्रस्ताव ल्याउन पनि अमेरिकासँग आग्रह गरे । उनले यदि अमेरिकाले अघि सार्ने प्रस्ताव उत्तर कोरियालाई स्वीकार्य नभएको अवस्थामा दुबै देशबीचको वार्ता स्वतः अन्त्य हुने स्पष्ट गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको घोषणा निकै चाखलाग्दो रहेको बताए । ‘हेरौं के हुन्छ’ ट्रम्पले भने, ‘यहीबीच, हाम्रा सैनिकका अवशेष फिर्ता आएका छन् र लामो समयदेखि नयाँ आणविक परीक्षण पनि भएका छैनन् ।’

ह्वाइट हाउसले नयाँ हतियार परीक्षणका बारेमा जानकारी प्राप्त भएको र यस बारेमा सहयोगी राष्ट्रसँग छलफल भइरहेको जनाएको छ ।  अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच वार्तालाई निरन्तरता दिने सहमतिपछि पनि हालैका दिनहरूमा यसबारे कुनै प्रगति हुन सकेको छैन । तर दक्षिण कोरियासँग अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै विरोधमा उत्तर कोरियाले पनि एकपछि अर्को गर्दै छोटो दूरीका हतियार परीक्षणलाई निरन्तरता दिएको थियो ।

‘अमेरिकासँग हामीले अपेक्षा गरेको वार्ता विस्तारै हराउँदै गएको छ र अहिलेसम्म अपनाइएका उपायहरूलाई हामीले पुनः परीक्षण गर्न बाध्य पारिएको छ,’ उत्तर कोरियाली उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

चोको भनाइ यसै हप्ताको शुरूमा अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाली गतिविधिलाई ‘छलकपटपूर्ण व्यवहार’को संज्ञा दिँदै यसलाई वेवास्ता गर्न नसकिने बताएपछि उत्तर कोरियाको यो भनाइ आएको हो । 

नेता चोले भने, ‘यो किसिमको भाषा असंगतपूर्ण, उत्तेजक र अपमानजनक थियो । अमेरिकाले हाम्रो धैर्यलाई परीक्षण गर्नु गलत छ । यसले पछि पछुताउनुपर्नेछ ।

उत्तर कोरियाको अमेरिकी कूटनीतिज्ञप्रतिको कटु आलोचना एक हप्ता पछि पुनः दोहोरिएको छ । अघिल्लो साता पोम्पेओलाई सङ्केत गर्दै उनको बोली र व्यवहारमा समस्या रहेको भन्दै यसले वार्ताको सम्भावनालाई चुनौती दिएको बताइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न