२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पले हटाए सुरक्षा सल्लाहकार जोन बोल्टनलाई

२०७६, २५ भाद्र बुधबार ०५:४३

भदौ २५, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई  एक्क्कासि हटाएका छन् । ट्रम्पले मंगलबार ट्वीट गरी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्प बोल्टनका धेरै सुझावसँग असहमत थिए |

राष्ट्रपति ट्रम्पले जोन बोल्टनलाई ट्वीट गरेर भनेका छन्, 'व्हाइट हाउसलाई अब तपाईंलाई आवश्यक पर्दैन | मैले गत रात जोन बोल्टनलाई सूचित गरेंको थिए कि ह्वाइट हाउसमा उनको सेवाको आवश्यक छैन। म उनको धेरै सुझावसंग असहमत छु ।'

अर्को पोष्टमा उनले भनेका छन्, 'मैले जोनलाई राजीनामा मागेँ जुन आज बिहान मलाई दिइयो । म जोनलाई उनको सेवाको लागि धेरै धेरै धन्यवाद दिन्छु । म अर्को हप्ता नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारको नाम घोषणा गर्ने छु।'

यसैबीच, जोन बोल्टनले पनि यस विषयमा ट्वीट गरेका छन्। उनले भनेका छन्, 'मैले राष्ट्रपति ट्रम्पलाई गत रात राजीनामा गरेको थिएँ, तर ट्रम्पले भने कि भोली यसका बारे कुरा गरौं।' तर उनीसँग कुरा गर्नुको साटो ट्रम्पले उनलाई सेवाबाटै हटाइदिएका छन् । 

अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार इरान, उत्तर कोरिया र अफगानिस्तान जस्ता ठूला देशप्रति अख्तियार गरिने विदेश नीतिमा चुनौतिहरूको सामना गर्न बोल्टनको सुझावप्रति ट्रम्पले शंका व्यक्त गर्दै आएका थिए  |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु