२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पले हटाए सुरक्षा सल्लाहकार जोन बोल्टनलाई

२५ भाद्र २०७६, बुधबार ०५:४३

भदौ २५, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई  एक्क्कासि हटाएका छन् । ट्रम्पले मंगलबार ट्वीट गरी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्प बोल्टनका धेरै सुझावसँग असहमत थिए |

राष्ट्रपति ट्रम्पले जोन बोल्टनलाई ट्वीट गरेर भनेका छन्, 'व्हाइट हाउसलाई अब तपाईंलाई आवश्यक पर्दैन | मैले गत रात जोन बोल्टनलाई सूचित गरेंको थिए कि ह्वाइट हाउसमा उनको सेवाको आवश्यक छैन। म उनको धेरै सुझावसंग असहमत छु ।'

अर्को पोष्टमा उनले भनेका छन्, 'मैले जोनलाई राजीनामा मागेँ जुन आज बिहान मलाई दिइयो । म जोनलाई उनको सेवाको लागि धेरै धेरै धन्यवाद दिन्छु । म अर्को हप्ता नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारको नाम घोषणा गर्ने छु।'

यसैबीच, जोन बोल्टनले पनि यस विषयमा ट्वीट गरेका छन्। उनले भनेका छन्, 'मैले राष्ट्रपति ट्रम्पलाई गत रात राजीनामा गरेको थिएँ, तर ट्रम्पले भने कि भोली यसका बारे कुरा गरौं।' तर उनीसँग कुरा गर्नुको साटो ट्रम्पले उनलाई सेवाबाटै हटाइदिएका छन् । 

अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार इरान, उत्तर कोरिया र अफगानिस्तान जस्ता ठूला देशप्रति अख्तियार गरिने विदेश नीतिमा चुनौतिहरूको सामना गर्न बोल्टनको सुझावप्रति ट्रम्पले शंका व्यक्त गर्दै आएका थिए  |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव