२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणगरे लगत्तै दक्षिण कोरियाली आणविक दूत चीन जाने

२५ भाद्र २०७६, बुधबार ०९:३०

भदौ २५, एजेन्सी | दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्ने भएका छन् । मङ्गलबार मात्र उत्तर कोरियाले दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । 

मन्त्रालयका अनुसार कोरियाली प्रायः द्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत लि दु हुनले यसै हप्ता चीनको भ्रमण गर्न लागेका हुन् | कोरियाली द्वीपको शान्ति र सुरक्षासम्बन्धी दूत हुनले यही बिहीबार चीन भ्रमण गर्ने र चीनका उपमन्त्री लुओ चाओइसँग भेटवार्ता गर्ने बताइएको छ । संयुक्तराज्य अमेरिकासँग उत्तर कोरियाले हालैमात्र वार्ताका लागि आह्वान गरेको थियो । त्यसलगत्तै उत्तर कोरियाले मङ्गलबार मात्र समुद्री तटतर्फ छोटो दूरीका हतियार नै प्रहार गरेको समाचार आएको छ । 

दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार उक्त भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरुका साथै कोरियाली द्वीपमा हालै विकसित परिस्थितिका बारेमा कुराकानी हुनेछ ।  उत्तर कोरियाका पहिलो उपविदेशमन्त्री चो सन हुईले उत्तर कोरिया अमेरिकासँग आगामी सेप्टेम्बर महिनामा वार्तामा बस्न इच्छुक रहेको जानकारी एक विज्ञप्तिमार्फत दिएका छन् ।

उत्तर कोरियाली सरकारी समाचार समितिले सोमबार सो जानकारी दिएको थियो । अमेरिकासँग वार्तामा बस्न आफूहरु इच्छुक रहेको तर वार्ताका लागि दिन भने निश्चित नभएको उनले बताएका थिए । उनी गत महिना दक्षिण कोरिया भ्रमणमा गएका थिए । त्यस क्रममा उनले संयुक्तराज्य अमेरिका उत्तर कोरियासँग कोरियाली द्वीपका विषयमा कुराकानी गर्न चाहेको बताएका थिए ।

सोही अनुसार नै दक्षिण कोरियाले पनि अमेरिकासँग बस्ने चाहना राखेको र त्यसका लागि सेप्टेम्बरको अन्त्यतिरको समय प्रस्ताव गरिएको जानकारी पनि दिएका थिए । उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ताका लागि तथा आणविक कार्यक्रमहरुको पूर्ण रुपमा अन्त्यका लागि आफूमाथि लागेका प्रतिबन्धहरुलाई फुकुवा गर्नुपर्ने माग गर्दै आएको छ । 

तर पनि  अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएका प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा भने केही बताएको छैन । अमेरिकासँग यसअघि नै भएको कुराकानी अनुसार ती प्रतिबन्धहरु फुकुवा नगर्ने हो भने वार्ताको कुनै औचित्य नै नरहने धारणा उत्तर कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् । अमेरिका र उत्तर कोरियाबीच तीन पटकसम्म  उच्चस्तरीय वार्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव