२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन ११ को विशेषता के हो ? यस्तो छ मुल्य

२०७६, २५ भाद्र बुधबार १०:०९

भदौ २५, काठमाडौं | एप्पल कम्पनीले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै नयाँ स्मार्टवाच लञ्च गरेको छ | नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी)मा भिडियो रेकर्ड गर्न सक्छ ।

यसका साथै टेलिफोटो, अल्ट्रा वाइड र नाइट मोड पनि छ, जसको मदतमा कम प्रकासमा पनि राम्रो गुणस्तरको तस्वीर खिच्न सकिन्छ । प्रोसेसर पनि पहिलेको आइफोनमा भन्दा राम्रो छ । अर्थात यो फोन अहिलेकोभन्दा तीव्र गतिमा काम गर्छ ।

एप्पलका अजुसार ब्याट्री पनि पहिले भन्दा राम्रो छ । चार वा पाँच घन्टाभन्दा बढी काम गर्छ | क्यालिफोर्नियामा भब्य समारोहमा एप्पलका सीईओ टिम कुकले एकसाथ तीन मोबाइल लञ्च गरे । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर छ ।


यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट छ । पानी र धुलोले यसलाई कुनै असर नगर्ने एप्पलको दाबी छ ।मोबाइल स्क्रीनको रिजोल्यूशन ४५८ पीपीआई छ । डिस्प्लेलाई सुपर रेटिना नाम दिइएको छ ।

आईफोनले पहिलो पटक ट्रिपल क्यामेरा प्रविधि ल्याएको छ । यसमा १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा, १२ मेगापिक्सलकै अल्ट्रा वाइड एंगल क्यामेरा र निकै राम्रो जुमका लागि टेलिफोटो क्यामेरा छ । वाइड एंगलका तस्वीर लिने क्षतमताका कारण अब ग्रुप सेल्फी लिँदा धेरै मानिसलाई तस्वीरमा कैद गर्न सक्छ ।

नाइट मोड र ६० फ्रेम प्रति सकेण्डको दरमा भिडियो रेकर्ड सुविधा पनि छ । उसो त यो प्रविधि नयाँ भने होइन । सामसुङ ए८० र हुवाई प्रो २० प्रो जस्ता मोबाइल फोनमा नाइट मोड प्रविधि छ । सामसुङ ए८० मा ट्रिपल क्यामेरा पनि छ ।

नयाँ मोडलको आइफोन १३ सेप्टेम्बरबाट प्रि अडर हुनेछ भने २० तारिखबाट ग्राहकले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न