२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा ड्रोन आक्रमण: अरब क्षेत्रमा तनाव, अमेरिकाद्वारा सबै राष्ट्रलाई यस्तो अपिल

२०७६, २९ भाद्र आईतवार ०९:१५

भदौ २९, काठमाडौँ (एजेन्सी) | साउदी अरबका दुई ठूला तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा शनिबार ड्रोन आक्रमण भएपछी अरव क्षेत्रहरु तनावग्रस्त अवस्थामा छन् । 

यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको साउदीमाथिको ड्रोन आक्रमणपछि साउदीको पक्षमा रहेको रहेको अमेरिकाले समेत आफ्ना धारणाहरु सार्वजनिक गरेको छ । १० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट साउदीको सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको थियो । 

अरब क्षेत्रमा आफ्नो प्रमुख सहयोगी साउदीमाथिको उक्त आक्रमणलाई अमेरिकाले इरानले गराएको आरोप लगाएको छ । यमनमा विद्रोहरत समूह  हुथीलाई इरानको समर्थन छ । उक्त समूहले त्यस्तो आधुनिक प्रविधियुक्त आक्रमण गर्न नसक्ने भन्दै त्यसमा इरानकै हात रहेको अमेरिकाको तर्क छ । 


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीटरमा लेखेका छन्- रूहानी (इरानी राष्ट्रपति) र जरिफ (विदेश मन्त्री)ले कूटनीतिक पहल गरेको नाटक गरिरहेका बेला तेहरानले साउदी अरेबियामाथि भएका झन्डै सय वटा ड्रोन आक्रमण गराएको छ । तनाव मत्थर पार्न गरिएका सबै आग्रहकाबीच इरानले वर्ल्ड इनर्जी सप्लाईमा यसअघि कहिल्यै नभएको आक्रमण गरेको छ । यमनबाट यस्तो आक्रमण भएको हो भन्ने कुनै प्रमाण छैन । 

ट्रंपले इरानको यो आक्रमणको बिनाकुनै हिच्किचाहट विरोध गर्न सबै राष्ट्रलाई आग्रह गरेका छन् । यही विषयमा साउदीका राजकुमार मोहम्मद सलमानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले उक्त आक्रमणको जवाफ दिन साउदी सक्षम रहेको बताएका छन् ।  

गत वर्ष ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे शक्तिराष्ट्रहरू र इरानबीच भएको सम्झौता छोडेपछि अमेरिका-इरान सम्बन्धमा तनाव चुलिएको छ ।

सम्झौता छोड्दै ट्रम्पले इरान र तेहरानका उच्च सरकारी अधिकारीमाथि थप प्रतिबन्धहरू लगाएका छन् । केही समयअघि इरानले आफ्नो हवाइ क्षेत्रमा आएको भन्दै अमेरिकी जासुसी ड्रोन खसालिदिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु