२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतसँग युद्ध हुन सक्ने इमरान इमरान खानको चेतावनी

२९ भाद्र २०७६, आईतवार १०:२४

भदौ २९, एजेन्सी | पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँग युद्ध हुन सक्ने बताएका छन् | अलजजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले दुई आणविक शक्ति राष्ट्रबीच युद्धको सम्भावना भए पनि पाकिस्तानले त्यसको सुरूआत नगर्ने बताए।

उनले परम्परागत हतियारको युद्धपछि आणविक युद्ध हुने र त्यस्तो युद्धमा पाकिस्तानले हार्ने अवस्था आए पनि आफूहरूले आत्मसमर्पण नगर्ने बरू अन्तिम श्वाससम्म लड्ने बताए। भारतले जम्मु कस्मिरलाई विषेशधिकार दिने संविधानको धारा ३७० फिर्ता गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ |

खानले डेढ महिनादेखि कस्मिरका ८० लाख मुस्लिमलाई भारतले गुमराहमा राखेको बताए । भारतले यो मुद्दाबाट ध्यान मोड्न पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लगाउने गरेको खानको तर्क छ ।

संविधानको धारा खारेज गर्नु भारतको आन्तरिक मामला भएपनि संयुक्त राष्ट्र संघले जनमत संग्रह गराउने भनेको कस्मिर विशेष अधिकार खोस्ने कुरा अन्तर्राष्ट्रिय मुद्दा भएको बताए। गत अगस्ट ५ मा भारतले कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरेको थियो ।

त्यसपछि जम्मु कस्मिरमा सञ्चार माध्यम र इन्टरनेट र भेला हुन लगाइएको प्रतिबन्ध अझै हटेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव