२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले लगाउने कुर्ताको चर्चा, आज ६९ औं जन्म दिन मनाउदै मोदी

२०७६, ३१ भाद्र मंगलवार ११:०२

भदौ ३१, काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १७ सेप्टेम्बरका दिन आफ्नो ६९ औं जन्मदिन मनाउदैछन । भारतको पहिलो प्रधानमन्त्री पन्डित जवाहर लाल नेहरू र स्वर्गीय राजीव गान्धी पछि भारतको सबैभन्दा स्टाइलिश र स्मार्ट प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीलाई मानिन्छ । युवाहरुको लागि फेशन आइकन बनिसकेका भार्तिय्य प्रधानमन्त्री मोदीको कुर्ताको स्टाइल निकै चर्चामा छ । भारतमा आधा कल्दर भएको कुर्ताको फेशन ल्याउनेको नाममा मोदीकै नाम आउँछ । 

जब एक पटक मोदीलाई उनको स्टाइलिश आधा कल्दर भएको कुर्ताको बारेमा सोधियो, तब उनले भने 'आरएसएस र भाजपामा कामको मतलब सिर्फ लगातार यात्रा गर्नु होइन, अनिश्चित र नराम्रोमा कार्यक्रम गर्नु पनि हो । र म त आफ्नो कपडा संधै आफै धुन्थें, मैले सोचें कि पुरै कल्दर भएको कुर्ता धुनु बढी गाह्रो हुन्छ र समय पनि धेरै लाग्थ्यो तब मैले आफ्नो कुर्ता काटेर आधी कल्दरको बनाउने फैसला गरें ।' यसरी मोदीको स्टाइलमा कुर्ता तथा ज्याकेटको शुरुवात भयो ! यसको अलावा ‘मोदी मास्क’, कप, टी-शर्ट, चकलेट जस्ता चीज पनि समय-समयमा भारतमा चर्चामा रह्यो, तर ति मध्ये कुनै पनि सामान मोदी कुर्ता जति लोकप्रिय भएन । 



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कपडाको स्टाइलको चर्चा बिशेष गरि कुर्ताकै कारण हुन्छ । त्यसमा पनि उनि कति स्टाइलिश छन् भने कुरा उनले पाएको पदबाटै महत्व झल्किन्छ । मोदी प्राय स्टाइलमै रहन चाहन्छन ।

मोदीको ड्रेसिङ छनोट उनका जनताहरुले खूब मन पराउनु कारण उनले मोदी कुर्तासँग सुहाउने तरिकाले लगाउने अन्य पहिरन हो । उनले कुर्ता सँग लगाउने रंगी-बिरंगी पगडीको पनि उत्तिकै चर्चा छ भारतमा । उनि विदेश दौरानको क्रममा भने कुर्ता नभएर प्राय कोट पाइन्टमा देखिन्छन् । 


उनको लगाईलाई देखेर मानिसहरुले जान्न चाहे कि मोदीले आफ्नो कपडा कहाँ सिलाउँछन् ? यसको खुलाशा गर्दै मोदीले एक कार्यक्रममा भने कि उनि आफ्नो कपडा अहमदाबादको त्यसै टेलरबाट सिलाउछन्, जहाँ उनले बर्षौं अघि देखि आफ्ना कपडा सिलाउदै आएका छन् । भारतीय प्रधानमन्त्री मोदीको स्टाइल साधारण हुनुको साथै रोयल लुक पनि छ । आफ्नो ड्रेसिङ सेन्सलाई लिएर मोदीले भन्छन् कि उनि मौसम र आरामलाई ध्यान दिएर आफ्नो लागि कपडा छनोट गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु