२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ राष्ट्रपति सी जिपिङद्वारा विश्वकै ठूलो विमानस्थलको समुद्घाटन

२०७६, ८ आश्विन बुधबार ०८:५६

असोज ८, एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिपिङले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् | चीनको राजधानी बेइजिङदेखि दक्षिणमा निर्माण भएको चीनको नयाँ प्रवेशद्वारको उनले उद्घाटन गरेका हुन् । 

४५ महिना लगाएर ८० अर्ब युआन (११.२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण गरिएको दासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर १० करोड यात्रुहरुको आवतजावत हुने अपेक्षा गरिएको छ । दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा सञ्चालन आएसँगै बेजिङको उड्डयनमा दुईवटा ‘हब’को युग सुरु भएको विमानस्थलले जनाएको छ । 

नयाँ  विमानस्थल सञ्चालन भएसँगै बेइजिङ र उत्तरी चीनको तियानजिन महानगरका दुई सहरका तीनवटा विमानस्थल भएर करोडौँ यात्रुहरु आवतजावत  हुनु चीनको नागरिक उड्डयन उद्योगका लागि ऐतिहासिक भएको अधिकारीहरुले जनाएका छन् । 

चीनको साउथर्न एयरलाइनको ए ३८०, चीनको इस्टर्न एयरलाइनको ए ३५० र एयर चाइना बोइङ ७४७–८ सहित  कूलमा सातवटा ‘स्टार’ हवाईजहाहरु  बुधबार दिउँसो त्यहाँ पठाइनेछ । त्यहाँ १६ वटा हवाई कम्पनीहरु दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा रहने छन् । १५ वटा अन्तर्राष्ट्रिय र १०१ आन्तरिकसहित ११६ हवाई मार्ग खुला गरिनेछ । विमानस्थलमा चारवटा धावनमार्ग, १५० वटा हवाइजहाजका लागि अवरण गर्ने स्थान र ७ हजार वर्गमिटरका टर्मिनल भवन रहेका छन् । प्रत्येक वर्ष १३ करोड यात्रुहरुको आवतजावत हुनेछ ।

दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुले सुरक्षा जाँचका समयमा बोर्डिङ पास देखाउनुपर्ने छैन, सबै चेकजाँच र सुरक्षाका लागि नयाँ फेसियल रिकग्निसन सिस्टम (अनुहार हेरेर पहिचान गर्ने नयाँ प्रणाली)ले गर्नेछ । नयाँ विमानस्थलमा चीनको इस्टर्न एयरलाइन्सले २०० ठूला र मध्यम आकारका हवाइजहाजहरु मार्फत अमेरिका, युरोप, ओसिनियाँ, साउथ इस्ट एसिया, जापान र दक्षिण कोरियासँगै चीनको हङकङ, मकाउ र ताइवानलाई चिनियाँ केन्द्रसँग जोड्नेछ ।

चीनको नागरिक उड्डयन प्रशासनका अनुसार साधारणतया चीनको मुख्य सहरहरुमा ठूला विमानस्थहरु चरम विन्दुमा पुगेका छन् । सन् २०१८ मा चीनको नागरिक विमानस्थलमा कूल एक अर्ब २६ करोड यात्रुहरु पुगेका र विगत १० वर्षमा ११ प्रतिशतको औषत वार्षिक यात्रुहरु वृद्धि भएका छन् । 

सन् २०१८ को अन्त्यमा चीनसँग २३५ वटा नागरिक विमानस्थलहरु छन् । यसमध्ये ३७ वटासँग वार्षिक रूपमा कम्तीमा एक करोड यात्रुहरु हुने गरेको छ । यीमध्ये १० वटासँग ३ करोड यात्रुहरु रहने गरेको छ । अहिले चीन विश्वकै दोस्रो ठूलो उडड्यन बजार हो । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार सन् २०२५ तिर चीनको उड्डयन बजार विश्वकै सबैभन्दा ठूलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?