२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग लगाउने तयारि

२०७६, ८ आश्विन बुधबार ०९:३८

असोज ८, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग लगाउने बाटो खुलेको छ | मंगलबार अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलेले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी थिइन् |

उनले राष्ट्रपतिमाथि 'विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको' आरोप लगाएकी छन् | ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप छ |

पेलोसीको महाअभियोग लगाउने घोषणालाई ट्रम्पले दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको संज्ञा दिएका छन्। उनले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले 'उनको संवैधानिक जिम्मेवारी' अवज्ञा गरेको बताएकी छन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो। ट्रम्पले भने युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको स्वीकार गरेपनि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाव भने नदिएको बताउँदै आएका छन्।

फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग २५ जुलाईमा गरिएको फोनसंवाद सार्वजनिक गर्ने बताएका छन्। महाअभियोगको बाटो खुलेकाले अब संसदीय समितिलाई राष्ट्रपति ट्रम्पको फोन संवादबारे अनुसन्धान गर्ने अधिकार प्राप्त भएको छ। सो अनुसन्धानले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ। महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ।

यस्तोमा अनुसन्धान संसद्‌मा अघि बढेमा मतदानमा जानेछ र तल्लो सदनमा डेमोक्र्याटहरूको वर्चस्व रहेकाले  अभियोग सहजै पारित हुने अवस्था छ।त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर छ | आजसम्म कुनै पनि अमेरीकी राष्ट्रपतिलाई महाअभियोग लागाएर हटाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु