२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग लगाउने तयारि

८ आश्विन २०७६, बुधबार ०९:३८

असोज ८, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग लगाउने बाटो खुलेको छ | मंगलबार अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलेले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी थिइन् |

उनले राष्ट्रपतिमाथि 'विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको' आरोप लगाएकी छन् | ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप छ |

पेलोसीको महाअभियोग लगाउने घोषणालाई ट्रम्पले दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको संज्ञा दिएका छन्। उनले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले 'उनको संवैधानिक जिम्मेवारी' अवज्ञा गरेको बताएकी छन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो। ट्रम्पले भने युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको स्वीकार गरेपनि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाव भने नदिएको बताउँदै आएका छन्।

फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग २५ जुलाईमा गरिएको फोनसंवाद सार्वजनिक गर्ने बताएका छन्। महाअभियोगको बाटो खुलेकाले अब संसदीय समितिलाई राष्ट्रपति ट्रम्पको फोन संवादबारे अनुसन्धान गर्ने अधिकार प्राप्त भएको छ। सो अनुसन्धानले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ। महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ।

यस्तोमा अनुसन्धान संसद्‌मा अघि बढेमा मतदानमा जानेछ र तल्लो सदनमा डेमोक्र्याटहरूको वर्चस्व रहेकाले  अभियोग सहजै पारित हुने अवस्था छ।त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर छ | आजसम्म कुनै पनि अमेरीकी राष्ट्रपतिलाई महाअभियोग लागाएर हटाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव