२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियाली मन्त्रीमाथि आतंकवादी आक्रमण

२०७६, २३ आश्विन बिहीबार १५:५३

असोज २३, जकार्ता (रासस-एएफपी) | आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ । 

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ । 

स्थानीय टेलिभिजनले प्रसार गरिरहेका दृश्यहरुमा सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुई जनालाई पक्राउ गरिरहेको देखाएका छन् । विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो । आफ्नो सवारी साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उहाँमाथि आक्रमण भएको थियो । 

शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन् । उनीहरु विवाहित दम्पती हुन् । 


उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह (जेएडी) का सदस्यहरु रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताउनुभयो । यो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाका इसाई गिर्जाघरहरुमा आत्मघाती आक्रमण गरेको थियो । 

छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकप्टरमा राखेर राजधानी जकार्तास्थित अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उहाँमाथि यसअघि पनि दुई पटक असफल हत्या प्रयास गरिएको थियो । 

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आतंकवाद र कट्टरपन्थी विचारधारालाई हामी सबैले मिलेर परास्त गर्नुको विकल्प छैन ।” 

विरान्तोसँगै एक जना स्थानीय प्रहरी प्रमुख र उहाँका दुई जना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो । तर उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित