२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्सका नौ हजार प्रहरीलाई कारबाही

४ कार्तिक २०७६, सोमबार १३:५०

कात्तिक ४, मनिला (रासस/सिन्ह्वा) | फिलिपिन्समा पछिल्ला केही बर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही भएको अधिकारीहरुले जनाएका छन् । 

फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो । 

कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  

कार्यवाहक प्रहरी प्रमुखले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका कारण ती प्रहरीहरू कारबाहीमा परेका हुन् । 

प्रहरीका लेफ्टिनेन्ट जनरल फ्रान्सीस्को गाम्बोआले कारबाहीमा परेकामध्ये दुई हजार ८०६ जनालाई सेवाबाटै निस्कासन गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी अरु ५३५ जनलाई घटुवा गरिएको, ४७ सय २१ जनालाई निलम्बन गरिएको, ७ सय ६२ जनालाई नसियत दिइएको, ६० जनालाई चार महिनाका लागि निस्कासन गरिएको, २०८ जनाको तलब रोक्का गरिएको र ८० जनालाई अधिकारबिहीन गराइएको उहाँले बताउनुभयो । 

निस्कासनमा परेकामध्ये केही प्रहरी लागुऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१९ को नौ महिनामा मात्रै २२ सय ८६ जना यसैखालका कारबाही भएका छन् ।   

फिलिपिन्समा सरकारले लागूऔषध विरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ भने त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन् । यस्तो कारबाही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव