२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

२०७६, ९ कार्तिक शनिबार ०९:१८

कात्तिक ९, सान्टीयागो (रासस\एएफपी) | चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् ।

राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् ।   

प्रदर्शनमा सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत गाउने र प्रदर्शन गर्ने गरेका थिए । 

ल्याटीन अमेरिकी यस मुलुकमा केही समयदेखि हिंसात्मक आन्दोलन भइरहेको छ । सान्टीयागोका गभर्नर कार्ल रविलारले ट्वीट गर्दै लेख्नुभएको छ, “यो ऐतिहासिक दिन हो, शान्तिपूर्ण प्रदर्शन भएको छ भने नयाँ चिलीको सपना पुरा गर्ने आधार तयार हुदैछ ।”

उहाँले देशभरीमा दश लाखभन्दा बढी प्रदर्शनकारी आन्दोलनमा सहभागी भएका थिए । प्रदर्शन चर्किदै गएपछि सान्टियागो राज्यमा अघिल्लो शुक्रबार संकटकालको घोषणा गरिएको छ । 

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले अहिलेलाई १५ दिनका लागि संकटकालको घोषणा गर्नुभएको हो । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीले बताएका छन् ।

अघिल्लो शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पुर्याएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित