२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा कम्तीमा ३० को मृत्यु, २३ सय घाइते

९ कार्तिक २०७६, शनिबार ०९:२१

कात्तिक ९, बग्दाद (रासस/सिन्ह्वा) | सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ ।  

देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन् । प्रदर्शनमा हजारौँ सहभागी भएका थिए ।  

सरकारविरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले विहानैदेखि प्रदर्शन गरेका थिए । उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । 

देशको मुख्य प्रशासनिक कार्यालयहरु रहेको तहरिर स्क्वायरलगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । 

दक्षिणी र मध्य क्षेत्रका प्रदेशहरुमा भने प्रदर्शनकारीहरुले शुक्रबार निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेका थिए । धि क्वार, बास्रा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने माग गरेका छन् ।

झडपमा परी मृत्यु भएका ३० जना मध्ये केही सुरक्षाकर्मी पनि रहेको जनाइएको छ । उनीहरु मध्ये ८ जनाको बग्दादमै मृत्यु भएको हो । 

त्यसैगरी मायसान र धि क्वारमा नौ नौ जनाको र बार्सा र मुथन्नामा चार चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

मृत्यु भएका र घाइते भएकाहरु अधिकांशलाई गोली लागेको, अश्रुग्यासको असर परेको र रबरका गोली लागेको पाइएको छ । 

इराकमा यसै महिनाको शुरुमा जारी रहेको सरकार विरोधी आन्दोलनमा १ सय ५७ जना व्यक्तिको मृत्यु भइसकेको थियो । 

 बेरोजगारी र भ्रष्टाचार  बृद्धिको  विरोघ गर्दै जनआन्दोलन शुरु भएको  थियो । प्रदर्शनकारीहरुको आवासिय भवनको प्रवन्ध हुनु पर्ने पनि माग रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव