२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्ने खतरा,संसारकै धनी व्यक्ति बर्नार्ड बन्ने लाइनमा

२०७६, १० मंसिर मंगलवार ०९:४३

मंसिर १०, एजेन्सी | जेफ बेजोस र बिल गेट्स संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ | लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो | एलभीएमएचका संस्थापक अध्यक्ष एवं कार्यकारी बर्नार्ड अर्नल्टको सम्पत्ति अब १०६ बिलियन डलर (करिब १२१ खर्ब रुपैयाँ) माथि पुगेको फोर्ब्सले बताएको छ । 

द वर्ल्ड रियल टाइम बिलेयनियरमा उनलाई शीर्ष स्थानमा राखिएको छ । अर्नल्टको कम्पनी एलभीएमएचले टिफनीलाई १६ बिलियन डलरमा किन्ने सहमती भएपछि सोमबार उनको कूल सम्पत्तिमा १ प्रतिशतको वृद्धि भएको छ | एलभीएमएचको सेयरमा वृद्धि भएपछि १०७ बिलियन डलर सम्पत्ति भएका माइक्रोसफ्टका सह–संस्थापक गेट्स र ११० बिलियन डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी बन्न सफल बेफ बेजोसलाई टक्कर दिने स्थितीमा पुगेका छन् |

अर्नल्ट, बेजोस् र गेट्स अन्य मेगा बिलेयनेर्सभन्दा निकै माथि छन् | फोर्ब्सका अनुसार बर्कसायर ह्याथावेका वारेन बफेको कूल सम्पत्ति ८६ बिलियन डलर छ भने फेसबुकका सिइओ मार्क जुकरबर्गको ७५ बिलियन डलर सम्पत्ति रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण