२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एअर अरेबिया मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनी बन्न सफल

२२ मंसिर २०७६, आईतवार १६:०९

मङ्सिर २२, दुबई (रासस/सिन्ह्वा) | मध्यपूर्व र उत्तर अफ्रिकामा सर्वप्रथम निम्न भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष एअर अरेबियाले मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार जित्न सफल भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा केन्द्रीय कार्यालय रहेको कम्पनीले उक्त पुरस्कार पाएको जानकारी आइतबार गराएको छ । कम्पनीका अनुसार ‘एअरलाइन रेटिङ्स डटकम एअरलाइन्स एक्सिलेन्स अवार्ड’ले दिँदै आएको उक्त पुरस्कार जित्न सफल भएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

ठूला उद्योगको अनुभव प्राप्त वरिष्ठ सात उद्योगीले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उनीहरूले एउटै कम्पनीको झण्डामुनि रहेर दिएको दीर्घ सेवा, हवाई यात्रीको समीक्षा, नाफा, लगानी दर, सेवा तथा कर्मचारीसँगको सम्बन्धलगायत विभिन्न १२ क्षेत्रलाई आधार बनाई पुरस्कार छनोट भएको बताइएको छ । 

पुरस्कार छनोटमा एअर अरेवियाले निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको कुरालाई विशेष जोड दिइएको कम्पनीले उल्लेख गरेको छ । 

एअर अरेबियाका समूह प्रमुख अदेल अलीले पुरस्कार छनोटबारे भन्नुभयो, “निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको हाम्रो कम्पनीले पुरस्कार घोषणापछि अझ उत्कृष्ठ सेवा दिनेछ ।” 

एअर अरेबियाले मध्यपूर्व, अफ्रिकाका अधिकांश मुलुकहरूसहित विश्वका ५० देशका १७० स्थानमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । एअर अरेबिया मध्यपूर्वबाट विश्वभर सेवा प्रदान गर्ने सबैभन्दा ठूलो विमान कम्पनीका रूपमा लिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव