२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एअर अरेबिया मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनी बन्न सफल

२०७६, २२ मंसिर आईतवार १६:०९

मङ्सिर २२, दुबई (रासस/सिन्ह्वा) | मध्यपूर्व र उत्तर अफ्रिकामा सर्वप्रथम निम्न भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष एअर अरेबियाले मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार जित्न सफल भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा केन्द्रीय कार्यालय रहेको कम्पनीले उक्त पुरस्कार पाएको जानकारी आइतबार गराएको छ । कम्पनीका अनुसार ‘एअरलाइन रेटिङ्स डटकम एअरलाइन्स एक्सिलेन्स अवार्ड’ले दिँदै आएको उक्त पुरस्कार जित्न सफल भएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

ठूला उद्योगको अनुभव प्राप्त वरिष्ठ सात उद्योगीले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उनीहरूले एउटै कम्पनीको झण्डामुनि रहेर दिएको दीर्घ सेवा, हवाई यात्रीको समीक्षा, नाफा, लगानी दर, सेवा तथा कर्मचारीसँगको सम्बन्धलगायत विभिन्न १२ क्षेत्रलाई आधार बनाई पुरस्कार छनोट भएको बताइएको छ । 

पुरस्कार छनोटमा एअर अरेवियाले निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको कुरालाई विशेष जोड दिइएको कम्पनीले उल्लेख गरेको छ । 

एअर अरेबियाका समूह प्रमुख अदेल अलीले पुरस्कार छनोटबारे भन्नुभयो, “निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको हाम्रो कम्पनीले पुरस्कार घोषणापछि अझ उत्कृष्ठ सेवा दिनेछ ।” 

एअर अरेबियाले मध्यपूर्व, अफ्रिकाका अधिकांश मुलुकहरूसहित विश्वका ५० देशका १७० स्थानमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । एअर अरेबिया मध्यपूर्वबाट विश्वभर सेवा प्रदान गर्ने सबैभन्दा ठूलो विमान कम्पनीका रूपमा लिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण