२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् संसारकै महँगा चिया जसको मूल्य मात्रै १३ करोड,यस्ता छन् विशेषता

२०७६, २९ मंसिर आईतवार ०८:५५

मंसिर २९, एजेन्सी | चियामा विभिन्न स्वाद र फ्लेभर पाइन्छन् | हामीले एक ड़ुई वटा चिया मात्रै पिएका हुनसक्छौं | चिया मार्फत नै अतिथिको स्वागत सत्कार गर्छौं | संसारमा यस्ता महँगा चिया पनि छन् |

१. डा–होंग पाओ टीःटी–ब्लूमको एक रिपोर्ट अनुसार चीनको वुइसन इलाकामा एक विशेष खालको चिया पाइन्छ | यो चिया मिंग वंशदेखि नै प्रचलनमा थियो र यसको खेती निकै गोप्य रुपमा गरिन्छ | यो चियापत्तीको एक किलोग्रामको १.२ मिलियन डलर अर्थात् करिब १३ करोड रुपैयाँ पर्छ |


२. पिजी टिप्स डायमण्ड टि ब्यागः यो चिया डिजाइनका कारण महंगो भएको हो | जसको मुल्य  १५ हजार डलर रहेको छ | 


३. पाण्डा डुङ्ग टिः यो चिया संसारको सबैभन्दा महंगो चिया हो  एक किलोग्राम चियापत्तीको मूल्य  ७० हजार डलर करिब ७९ लाख रुपैयाँ पर्छ | यो चिया पत्तिलाई निकै दुर्लभ र पौष्टिक तत्व युक्त मानिन्छ |


४. भिन्टेज नार्सिससःयो चियाको पृष्ठभूमि पनि चीनसँग नै जोडिएको छ | यो चियापत्तीको एक किलोग्रामको तौल ६ हजार पाँच सय डलर करिब ७ लाख ३५ हजार पर्छ |


५. एल्लो गोल्ड टि बड्सः  यो चियापत्तीमा खानमिल्ने २४ क्यारेट सुन छर्किएको हुन्छ । तर यसैका कारण मात्र यो विशेष भएको भने होइन । यो चिया निकै दुर्लभ छ किनभने यसको खेती एक वर्षमा एकपटक मात्रै गरिन्छ । यो दुर्लभ चियापत्तीको प्रतिकिलो मूल्य ३ हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ ।


६. टाइगुयानयिन टीःयो चिया हरियो र कलो चियापत्तीको मिश्रणले बनेको छ । यसको चियापत्तीलाई कटुसको जस्तो स्वाद निकाल्न गुन्द्रुक झैं गाडिएर राखिन्छ । यसको रुख फुजियान प्रान्तको सबैभन्दा अग्ला पहाडमा हुर्काइन्छ । यो चियापत्तीको प्रतिकिलो मूल्य तीन हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ । यो चियापत्तीले लगातार सात पटकसम्म चिया बनाउन सकिन्छ ।


७. पु–पु पु–अर्ह टिःयो चियाको अवधारणा १८ औं शताब्दीमा विकसित गरिएको थियो । चिनियाँ शासक क्विनलोंगले सबैभन्दा पहिलो यो चियाको चुस्की लिएका थिए । उनले यो चिया एकजना शुभचिन्तकबाट उपहारमा पाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण