२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मर्नीद्वारा आलोचना

२०७६, ५ पुष शनिबार १४:२१

पुष ५, वासिङ्टन (रासस/एएफपी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीहरूलाई प्रतिबन्ध लगाउनका पत्रमा हस्ताक्षर शुक्रबार गर्नुभएको हो ।

प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति यूरोपेली संघ (इयू) ले असन्तुष्टि प्रकट गरेको छ । ट्रम्पले वासिङ्टन, डीसीबाहिर ‘जोइन्ट वेस एन्ड्रुज’ नामक वायुसेनाको शिविर स्थापना गर्ने विधेयक र रूस–यूरोप पाइपलाइन निर्माण कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णयमा एकैसाथ हस्ताक्षर गर्नुभएको हो ।

बाल्टिक सागरमुनि करिब ११ अर्ब अमेरिकी डलर लगानीमा निर्माणाधिन ‘नर्डस्ट्रिम टु पाइपलाइन’ को निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा रूसले आफ्नो ग्यास आपूर्तिलाई दोब्बर बनाउने लक्ष्य राखेको छ ।

अमेरिकी सांसदहरूले पाइपलाइनले दुश्मन शक्ति (रूस सरकार)लाई सम्पन्न बनाउने र यसबाट रूसी नेता भ्लादिमिर पुटिनको यूरोपमा प्रभाव बढ्ने निष्कर्षसाथ अमेरिकी दुबै सदनले प्रतिबन्धलाई अनुमोदन गरेको हो । कङ्ग्रेसका दुबै सदनले प्रतिबन्ध लगाउने कानूनलाई मङ्गलबार अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।

डेमोक्रेटिक प्रतिपक्षीद्वारा पुटिनप्रति नरम बनेको आरोप खेप्ने गरेका ट्रम्पले कानूनलाई अनुमोदन गर्नुको विकल्प कमै थियो । अमेरिकी कडा प्रतिरोधका कारण मस्को र इयू नराम्रोसँग चिढिएका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको मासले निर्णयप्रति अमेरिकी समकक्षी माइक पोम्पेओसँग शुक्रबार फोनवार्ता गर्नुभएको छ । जसमा पोम्पेओले कडा विरोध जनाएको अमेरिकी विदेशमनत्रालय स्रोतले जनाएको छ ।

विदेशमनत्रालयका प्रवक्ता मोर्गान ओटगसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले पाइपलाइन निर्माणसम्बन्धी उक्त आयोजनाप्रति ‘कडा प्रतिवाद’ गरेको छ । 

यसैबीच अमेरिकाले आफ्नो आन्तिरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जर्मनीले अमेरिकी उक्त कदमको विरोध गरेको छ । यसप्रति रूस र इयूले पनि अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।

ट्रम्पले प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेको एक दिनपछि मस्को र यूरोपेली यूनियनले प्रतिबन्धको आलोचना गर्दै शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ता उल्राइक डेमरले भन्नुभयो, “उनीहरूले हाम्रो आन्तिरिक मामिलामा गरेको हस्तक्षेपले जर्मन तथा यूरोपेली कम्पनीहरूलाई प्रभावित पार्नेछन् । यो हाम्रा लागि सह्य हुनसक्दैन ।”

त्यस्तै रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले विश्व व्यापारलाई प्रभावित तुल्याउने सिद्धान्तलाई अघि सारेको भन्दै आफ्नो फेसबुक पेजमा अमेरिकी कदमको विरोध गर्नुभएको छ । उहाँले व्यङ्ग्य गर्दै लेख्नुभएको छ, “कुनै दिन उनीहरूले हामीले स्वास फेर्न रोक्नुपर्छ भन्न सक्नेछन् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण