२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा पत्रकार जमाल खशोग्गीको हत्या गर्ने ५ जनालाई मृत्युदण्ड

२०७६, ७ पुष सोमबार ११:१०

पुस ७, एजेन्सी | साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ,भने तिन जनालाई जेल सजाए सुनाएको छ | सरकारको कटु आलोचक रहेका ति पत्रकारलाई गत वर्ष इस्तानबुलमा रहेको साउदी कन्सुलेटको कार्यालयमा साउदी एजेन्टहरुको एक टोलीले हत्या गरेको थियो |


जसमा साउदी राजकुमार मोहमद बिन सलमानको हात समेत रहेको विभिन्न रिपोर्टहरु बाहिर आएका थिए | अन्तर्राष्ट्रिय दबाबपछि साउदीको सरकारी वकिलले नाम नखुलाएका ११ जनामाथि मुद्दा चलाएको थियो |

उक्त घटनाबारे साउदीय सरकारले अनुसन्धान थालेपछि १८ जनालाई पक्राउ,पाँच जना शीर्ष सरकारी अधिकारीहरुलाई बर्खास्त गरिएको थियो | जसमा गुप्तचर विभागका उपप्रमुख अहमद असिरी र राजकुमार सलमानसँग निकट मानिने साउद अल कतानी समेत रहेका थिए | उनीमाथि अनुसन्धान गरेपनी पर्याप्त प्रमाण नाभेटाए पछि छोडेको थियो |

गत जनवरीमा ११ जनालाई रियादको क्रिमिनल कोर्टमा सुनुवाइका लागि पेश गरिएको थियो जसमध्ये पाँच जनालाई मृत्युदण्डको सजाय माग गरिएको थियो | तर उनीहरुको पहिचान खुलाइएको छैन | ५९ वर्षीय पत्रकार खशोग्गी सन् २०१८ को अक्टोबर २ मा साउदी कन्सुलेट पुगेका थिए भने सोहि ठाउँमा उनको हत्या भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण