२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ‘सबैभन्दा खतरनाक’ बलात्कारी ! यसरी गर्थे सिकार

२२ पुष २०७६, मंगलवार ०९:५५

पुष २२ (एजेन्सी) | यी हुन् रेन्हार्ड सिनागा, जसलाई एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर गरिएको छ । यिनलाई ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएको छ । यस अघि उनको परिचय गोप्य राखिए पनि उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको हो ।

यिनलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट ४८ जना पुरुषलाई झुक्याएर आफ्नो निवासमा लगी, लट्ठिने औषधि खुवाई यौन आक्रमण गरेको र त्यसको भिडिओ खिचेको अभियोगमा दोषी ठहर गरिएको थियो । ३६ वर्षीय सिनागा इन्डोनेशियाका नागरिक हुन् । उनले पढाईमा स्नातकोत्तर समेत गरेका थिए। 

दावीलाई मान्ने हो भने यिनले कम्तीमा १९० जना पीडितलाई आक्रमण गरेको प्रमाण आफूसँग भएको प्रहरीको दावी छ । उनि बिरुद्धको मुद्दाको फैसला सुनाउँदै एक न्यायाधीशले सिनागालाई दिइने जन्मकैदको सजाय कम्तीमा पनि ३० वर्षको हुनुपर्ने बताएका छन्। 

यसअघि यिनका अन्य दुईवटा मुद्दामा दोषी ठहर गरि न्यूनतम २० वर्षका लागि जेल पठाइएको थियो । म्यान्चेस्टरमा बस्ने उनीविरुद्ध ४८ व्यक्तिलाई बलात्कार गरेको १३६ वटा अभियोग, बलात्कारको प्रयाससम्बन्धी आठ अभियोग, यौन आक्रमणको १४ अभियोगलगायतका कसुरमा चलाइएका चार भिन्न मुद्दामा दोषी ठहर गरिएको हो।

रेन्हार्ड सिनागाले नाइटक्लब र बारहरूबाट बाहिर निस्किने पुरुषहरूलाई कुरेर बस्ने अनि मदिरा पिउने वा ट्याक्सी बोलाइदिने जस्ता विभिन्न प्रलोभन वा प्रस्ताव गरेर आफ्नो निवासमा लैजाने गरेका थिए । उनले पीडितहरूलाई झुक्याएर लट्ठिने औषधि खुवाई अचेत अवस्थामा नै यौन आक्रमण गर्ने गरेका थिए। अधिकांश पीडितमलाई होसमा आउँदा आफूलाई के भएको थियो भन्ने सम्झना नै हुँदैनथ्यो ।

अदालतमा बयान दिने क्रममा पीडितहरूले आफूविरुद्ध भएको यौन आक्रमणले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको र कतिपयले त आत्महत्या गरौँ कि भन्ने भाव पनि मनमा आउने गरेको बताएका थिए ।

ती बलात्कारीलाई सन् २०१७ को जुन महिनामा पक्राउ गरिएको थियो । उनले यौन आक्रमण गर्दैगर्दा एक पीडितको होस खुलेपछि उनले सिनागालाई पन्छाएर प्रहरीलाई उजुरी दिएका थिए । 

त्यसै उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरि फोन नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रत्येक यौन आक्रमणको भिडिओ रेकर्ड गर्ने गरेको फेला परेको थियो । त्यसपछि ब्रिटेनको इतिहासमै सबैभन्दा ठूलो बलात्कारसम्बन्धी अनुसन्धान थालिएको थियो । 

उनि बिरुद्धको मुद्दाको सुनुवाइको क्रममा जुरीलाई सिकारको खोजीमा हिडेका उनको सीसीटीभ‌ी फुटेज समेत देखाइएको थियो । 

Photo: GREATER MANCHESTER POLICE

यता रेन्हार्ड सिनागाले भने आफूविरुद्ध लगाइएका सबै अभियोग अस्वीकार गरेका थिए । उनले सबै यौन क्रियाकलाप पारस्परिक सहमतिमै भएको र हरेक पुरुषले निदाएको जस्तो अभिनय गरेर आफूलाई भिडिओ खिच्न दिएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव