२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको धुँवा १३ हजार किलोमिटर टाढा रहेको दक्षिण अमेरिका पुग्यो

२०७६, २३ पुष बुधबार ०९:१२

पुष २३, काठमाडौँ (रासस/सिन्ह्वा) | अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ ।

“यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरुमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका संचार माध्यमहरुलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ । 

उहाँले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पार्नुभयो । अष्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उहाँले बताउनु भयो ।  

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ