२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७६ जना यात्रु वाहक विमान इरानले खसालेको पुष्टि,के भन्छ इरान ?

२०७६, २७ पुष आईतवार ०७:००

पुस २७, काठमाडौँ | अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानिको ड्रोन आक्रमणगरि हत्या गरेपछि जवाफमा इरानले इराक स्थित दुईवटा अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको थियो | सोहि दिन युक्रेनको विमान इरानमा दुर्घटना भएको थियो | दुर्घटनामा १७६ यात्रुको मृत्यु भएको थियो |

उक्त विमान इरानको सेनाले भुलवश खसालिएको स्वीकार गरेको इरानी संचारमाध्यमले जनाएका छन् | शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले "मानवीय त्रुटिका कारण" विमान खसालिएको स्वीकारोक्ति गरेको हो | 


इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा "मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको" निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन् |

उक्त घटनालाई "ठूलो विपत्ति र अक्षम्य गल्ती" भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन् | यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए | तर इरानले त्यसको खण्डन गरेको थियो | इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई 'हास्यास्पद' भन्दै त्यो अमेरिकाको 'मनोवैज्ञानिक कारबाही' को अंश भएको दाबी गरेका थिए |


अमेरिका र क्यानडाले विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको दाबि गरेका थिए | इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो |

अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ |

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका थिए | दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो। तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो।

फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएको बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो। विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ। मेहर समाचारसंस्थाका अनुसार इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखले दुर्घटनामा "आतङ्कवाद" को भूमिका नभएको बताएका थिए |

इरानले अनुसन्धानलाइ आफुले पनि सघाउने बताएको छ | क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए |-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण