२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा खतरानाक ज्वालामुखी विस्फोटको त्रास

२८ पुष २०७६, सोमबार ०९:१३

पुस २८, काठमाडौँ | फिलिपिन्समा ज्वालामुखीको खतरानाक विस्फोटन हुनसक्ने भन्दै अधिकारीहरूले केहि समय अघि चेतावनी दिएका छन् | सोमवार बिहान राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट लाभा  निस्केको थियो |


ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएको थियो | त्यसपछि आठ हजार मानिसलाई अन्य स्थानमा सारिएको छ | एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखी मानिन्छ |

विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको छ  | स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २:४९ देखि ४:२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुगेको ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सकाले जनाएको छ |


अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन् आइतवार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो। त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो |

टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् | ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्नेगरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ | खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन भनिएको छ |

चराचुरुङ्गी र रूखपात पनि खरानीले लतपतिएका छन् | ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमान पनि प्रभावित भएको छ भने सबै उडान स्थगित गरिएको छ | ज्वालामुखीले विमानस्थललाई समेत क्षेती पुर्याउने बताइएको छ | बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव