२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिम पहिरोमा परि काश्मीरमा ५५ पाकिस्तानी सेनाको मृत्यु

२०७६, २९ पुष मंगलवार १२:०६

पुस २९, एजेन्सी | काश्मीरमा गएको हिम पहिरोका कारण ५५ पाकिस्तानी सेनाको मृत्यु भएको छ  | भारी वर्षाका कारण पनि हिम पहिरो बढ्न सक्ने सम्भावना रहेको संचारमाध्यमहरुले जनाएका छन् | अझै केहि मानिस बेपत्ता भएका छन् |

बेपत्ता मानिसहको मृत्यु भएको हुनसक्ने बताइएको छ | बेपत्ता भएकाहरुको उद्दार जारी रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् | हाल सम्म हिम पहिरो, बाढी, अत्यधिक चिसोका कारण पाकिस्तान र फगानिस्तानमा ११० जनाको मृत्यु भइसकेको छ  |

पाकिस्तानमा मात्र ७५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएको जनाइएको छ | भारतमा समेत हिम पहिरोमा परि १० जनाको मृत्यु  भइसकेको छ | भारत प्रशासित काश्मीरको सीमा क्षेत्रमा गएको हिम पहिरोमा पाँच जवानको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् |

सन् २०१२ मा उक्त क्षेत्रमा गएको हिम पहिरोमा परी पाकिस्तानी बटालियन हेडक्वार्टर नै पुरिँदा १२४ सेना र ११ सर्वसाधारणको मृत्यु भएको थियो | सन् १९४७ को स्वतन्त्रतादेखि काश्मीर भारत र पाकिस्तान गरी दुई भागमा विभाजन गरिएको छ | उक्त क्षेत्र आफ्नो दाबी गर्दै आएका दुवै देशबीच तनाव कायमै रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण