चिनियाँ कम्युनिष्ट पार्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिनियाँ कम्युनिष्ट पार्ट"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानी राष्ट्रपतिले दिईन चीनलाई यस्तो चेतावनी

२०७६, १ माघ बुधबार ०५:५५

माघ १, एजेन्सी | ताइवानकि नवनिर्वाचित राष्ट्रपति साइ यिङ्ग वुनले बीबीसीलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानलाई हमला गरे निकै महँगो मूल्य चुकाउनुपर्ने बताएकी छिन् | चीनले "वास्तविकताको सामना गर्न" तथा "ताइवानप्रति सम्मान दर्शाउन" आवश्यक भएको बताएकी हुन् |

चिनियाँ कम्युनिष्ट पार्टीले आवश्यक पर्दा ताइवानलाई बलपूर्वक सम्मिलित गर्ने अधिकार आफूसँग भएको बताएको छ  | आवश्यक पर्दा ताइवानलाई बलपूर्वक सम्मिलित गर्ने अधिकार आफूसँग भएको बताएको छ |यस्तै, साई ईंग वेनले ताइवानको सम्प्रभुतासँग कुनै पनि स्थितीमा सम्झौता गर्न नसकिने बताउँदै आएकी छिन् | निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक नरहेको बताइन | उनले भनिन,'हामी पहिलादेखि नै एक स्वतन्त्र राष्ट्र हौं र आफूलाई रिपब्लिक अफ चाइना, ताइवान भन्छौं ।’

यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले "एक चीन" नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो | राष्ट्रपति चुनावमा वेनका मुख्य प्रतिद्वन्द्वी खान ग्वो यी र उनको पार्टी कुओमिनटांग पनि एक चीन नीतिका समर्थक हुन्  |

चीनले एउटा मात्रै चीनियाँ सरकार भएको बताउँदै आएको छ र यो धारणालाई कूटनीतिक रुपमा स्विकार गर्नुलाई एक चीन नीति भनिन्छ | एक चीन नीतिलाई स्विकार गर्नुको अर्थ ताइवानलाई एक भिन्न देश नभई चीनको नै हिस्सा ठान्नु हो |

साई इंग–वेन चीन र ताइवानबीचको अहिलेको स्थितीलाई समर्थन गर्छिन् र चीनसँग नजिकको सम्बन्ध कुनै पनि अवस्थामा स्विकार्न चाहन्नन् । उनी हङ्गकङ्गको लोकतन्त्र समर्थक प्रदर्शनकारीहरुको पक्षमा छिन् |  "चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो साबित हुनेछ।" र, चीन पनि एकदमै बदलिसकेको राष्ट्रपति साइको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण