२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको आर्थिक वृद्धि दशककै न्यून

८ माघ २०७६, बुधबार ११:२९

माघ ८, एजेन्सी | दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको विवादास्पथ आर्थिक नीतिले देशको आर्थिक वृद्धि दशककै न्यून अवस्थामा पुगेको छ। विश्वको १२औं ठूलो अर्थतन्त्र रहेको कोरियाको सन् २०१९ मा २ प्रतिशतले मात्रै आर्थिकवृद्धि भएको छ। गत वर्ष यो प्रतिशत २.७ थियो।

सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटपछिकै सबैभन्दा खराब अवस्था हो, यो। दशकौंसम्म आर्थिक चमत्कार गरेको कोरियाले पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न सङ्घर्ष गर्नुपरेको छ भने असमानताका कारण निराशा बढ्दै गएको छ। राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र ‘आय–उन्मुखवृद्धि’ को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ। यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीको असर पनि कोरियाली अर्थतन्त्रमा परेको छ। विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन्।कोरियाको केन्द्रीय ‘बैंक अफ कोरियाले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ। ‘सरकारी खपतको वृद्धि भएपनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको वृद्धि सङ्कुचित भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

चीन–अमेरिका व्यापारमा देखिएको तनावले सिर्जना गरेको दबाबकै अवस्थामा विदेशतर्फको सिपिङमा १.५ प्रतिशतले वृद्धि भएको छ जबकी अघिल्लो वर्ष यो ३.५ प्रतिशतले वृद्धि भएको थियो।

सन् २०१५ यता यो सबैभन्दा झिनो वृद्धि हो। आयातमा ०.६ प्रतिशतले गिरावट आएको छ। आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मून–प्रशासनले सार्वजनिक खर्चमा ९.१ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करिब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव