२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकीहरू सवार विमान तालिवानले खसालेको दाबि,सबै यात्रुको मृत्यु

२०७६, १४ माघ मंगलवार ०६:१६

माघ १४, एजेन्सी | सोमबार अफगानिस्तानमा विदेशी कम्पनीको विमान तालिवान समूहले खसालेको बताएको छ | स्थानीय समय अनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको स्थानीयले बताएका छन् |

अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने आशंका गरीए पनि  पुष्टि भने भइसकेको छैन | उक्त क्षेत्रमा  तालिवान विद्रोहीको प्रभाव रहँदै आएको छ | दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको र  यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको संचारमाध्यमसंग कुरा गर्दै गभर्नर वाहिदुल्ला कालिमजाईले बताएका छन् |

विमानमा कति जना यात्रु सवार थिए भन्ने पनि खुल्न सकेको छैन | विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ | अफगानी तालिवान समूहले भने विमान आफूहरूले खसालेको बताएको छ | 

अमेरिकीहरू सवार रहेको उक्त विमान आफुहरुले खसालेको भन्दै जाविहुल्ला मुजाहिदले पास्तो भाषामा विज्ञप्ति जारी गरेका छन् | विमानमा सवार सबैजनाको मृत्यु भएको विज्ञप्तिमा बाताइएको छ | यसबारे अफगानिस्तानमा तैनाद नेटो सैनिकले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ