१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ १० दिनमै चिनले बनाएको अस्पताल,आजबाट संचालनमा आउंदै

२० माघ २०७६, सोमबार ०५:११

माघ २०, एजेन्सी | चिनमा देखा परेको कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनले १० दिनमा निर्माण गरेको अस्पताल आजबाट संचालनमा आएको छ | इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल आजबाट संचालनमा आउने भएको हो |


अस्पतालमा सम्पूर्ण निर्माणकार्य पुरा भएको र बिरामीका लागि उपचार योग्य भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् | उक्त अस्पतालमा १४०० सैनिक मेडिकल स्टाफ आइसकेका छन् | बीबीसीका अनुसार कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चिनले दोश्रो अस्पताल पनि निर्माण थालेको छ | उक्त अस्पताल बुधबार सम्म सकिने बताइएको छ |


वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ भने बीबीसी ले भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख गरेको छ | डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशमा त्रास बढेको छ |


हालसम्म चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् | विश्वका  २२ देशमा कोरोना भाइरस भेटिएको छ | उक्त भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव