२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ १० दिनमै चिनले बनाएको अस्पताल,आजबाट संचालनमा आउंदै

२०७६, २० माघ सोमबार ०५:११

माघ २०, एजेन्सी | चिनमा देखा परेको कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनले १० दिनमा निर्माण गरेको अस्पताल आजबाट संचालनमा आएको छ | इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल आजबाट संचालनमा आउने भएको हो |


अस्पतालमा सम्पूर्ण निर्माणकार्य पुरा भएको र बिरामीका लागि उपचार योग्य भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् | उक्त अस्पतालमा १४०० सैनिक मेडिकल स्टाफ आइसकेका छन् | बीबीसीका अनुसार कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चिनले दोश्रो अस्पताल पनि निर्माण थालेको छ | उक्त अस्पताल बुधबार सम्म सकिने बताइएको छ |


वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ भने बीबीसी ले भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख गरेको छ | डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशमा त्रास बढेको छ |


हालसम्म चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् | विश्वका  २२ देशमा कोरोना भाइरस भेटिएको छ | उक्त भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण