२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस सङ्क्रमण पछि मानिसको शरीरमा यस्तो देखा पर्छ

२०७६, २० माघ सोमबार ०९:१४

माघ २०, काठमाडौँ | चिनको वुहानमा देखा परेको कोरोना भाइरसले विश्वव्यापीरुप लिएको छ | विश्वका करिब दुई दर्जन देशमा यसको सक्रमण देखा परिसकेको छ | यो भाइरसबिरुद्धको संघर्ष  चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा बनिरहेको छ | 

यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालका अनुसार त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ | ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो |अन्य लक्षण यस्ता थिए:

८२ जनालाई ज्वरो आएको 

८१ जनालाई रुघाखोकी लागेको 

३१ जनाको श्वासप्रश्वासमा समस्या

११ जनालाई मांसपेशी दु:ख्ने समस्या 

९ जनामा मिश्रित समस्या

८ जनालाई टाउको दु:खेको 

५ जनाको घाँटीमा सङ्क्रमण

प्रारम्भिक मृत्यु

ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे | तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ | तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो | उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन | भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे | अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो |

अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो| कोरोनाभाइरसको खोप बनाउन अहोरात्र काम उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो | गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो | कम्तीमा १० प्रतिशतको मृत्यु भएको छ,ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये,५७ जना अझै अस्पतालमा छन्,३१ जना घर फर्केका छन्,११ जनाको मृत्यु भएको छ |-बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण