२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा हवाई आक्रमण,९ जनाको मृत्यु

२०७६, २२ माघ बुधबार १०:१८

माघ २२, एजेन्सी | सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण मारिएका छन् । विद्रोहीलक्षित कारबाहीमा परेर सर्वसाधारण मारिएका हुन् । रुसआबद्ध सेनाले बुधबार बिहानै इदलिब क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

मारिएका सर्वसाधारणमा केही बालबालिका समेत रहेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् | ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ |

आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले हवाई आक्रमण रुसआबद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरेका छन् | सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको ज्यान गएको पाइन्छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा सुरु भएको थियो । जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । 

वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गृृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका  छन् । हिंसामा परी दशौँ लाख मानिस छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण