२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर तिन टुक्रा भयो विमान, तीन जनाको मृत्यु

२०७६, २३ माघ बिहीबार ०५:१०

माघ २३, एजेन्सी | विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ | टर्कीमा  भएको उक्त घटनामा करिब १५० यात्रु घाइते भएको अधिकारीहरुले जनाएका छन् |  इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा दुर्घटना भएको हो |

आन्तरिक उडानका क्रममा पिगासस एयरलाइन्सको जेट विमानमा १७१ यात्री र चालक दलका ६ सदस्य सवार थिए | पिगासस एयरलाइन्सका अनुसार  दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ | विमानमा अधिकांश टर्कीकै नागरिक भएको टर्किस मिडियाले जनाएको छ |

विमान रनवे छोडेर र ५० देखि ६० मिटर पर पुगेको छ | मोसम प्रतिकूल भएका कारण उक्त विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन् | धावनमार्गबाट चिप्लिएको विमान तीन टुक्रामा विभाजित भएको छ |

हुरीसहित भारी वर्षा भइरहेको समयमा विमान अवतरण गर्दै थियो | 

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ भने सो विमानस्थलमा अवतरण हुने फ्लाइटलाई अन्यत्र ‘डाइभर्ट’ गरिएको छ | पिगासस एयरलाइनसकै विमान सोही विमानस्थलमा ७ जनवरीमा पनि धावनमार्गबाट चिप्लिएको थियो । त्यतिबेला कुनै मानवीय क्षति भएको थिएन  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण