६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर तिन टुक्रा भयो विमान, तीन जनाको मृत्यु

२३ माघ २०७६, बिहीबार ०५:१०

माघ २३, एजेन्सी | विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ | टर्कीमा  भएको उक्त घटनामा करिब १५० यात्रु घाइते भएको अधिकारीहरुले जनाएका छन् |  इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा दुर्घटना भएको हो |

आन्तरिक उडानका क्रममा पिगासस एयरलाइन्सको जेट विमानमा १७१ यात्री र चालक दलका ६ सदस्य सवार थिए | पिगासस एयरलाइन्सका अनुसार  दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ | विमानमा अधिकांश टर्कीकै नागरिक भएको टर्किस मिडियाले जनाएको छ |

विमान रनवे छोडेर र ५० देखि ६० मिटर पर पुगेको छ | मोसम प्रतिकूल भएका कारण उक्त विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन् | धावनमार्गबाट चिप्लिएको विमान तीन टुक्रामा विभाजित भएको छ |

हुरीसहित भारी वर्षा भइरहेको समयमा विमान अवतरण गर्दै थियो | 

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ भने सो विमानस्थलमा अवतरण हुने फ्लाइटलाई अन्यत्र ‘डाइभर्ट’ गरिएको छ | पिगासस एयरलाइनसकै विमान सोही विमानस्थलमा ७ जनवरीमा पनि धावनमार्गबाट चिप्लिएको थियो । त्यतिबेला कुनै मानवीय क्षति भएको थिएन  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा