१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ ‘ठूलो स्वास्थ्य सङ्कट’: राष्ट्रपति सी

११ फाल्गुन २०७६, आईतवार १५:१९

फागुन ११, काठमाडौँ | चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बताउनुभएको छ । चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन सुरू भएको थियो । 

सङ्क्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ ।”

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइए अनुसार सीले भन्नुभयो, “ कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएका हो 

“यो हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो,” उहाँले भन्नुभयो ।

चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चीनमा मात्रै दुई हजार ४०० पुगेको र मुख्यभूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो प्रतिक्रिया आएको छ । यसैबीच चीनमा भने कोरोना भाइरस सङ्क्रमणका नयाँ विरामीको सङ्ख्यामा पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको छ । 

राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताउनुभएको छ । यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव