१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको कारण चीनमा प्रदूषणमा निकै कमीः नासा

१९ फाल्गुन २०७६, सोमबार १५:३९

फागुन १९, काठमाडौँ | विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । 

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ ।

नासाको नक्सामा सुरूमा वुहान र त्यसपछि वरपरका क्षेत्र हुँदै चीनभर नै प्रदुषणको मात्रा निकै तल झरेको वैज्ञानिकहरूले बताएका छन् । नासाका वैज्ञानिकले आफ्नो र यूरोपेली स्पेस निकायको सेटलाइटहरूले खिचेका तस्वीरलाई जम्मा गरी गरिएको अध्ययनमा यो वर्ष नाइट्रोजनडाइअक्साइडको तह झरेको पाइएको बताए । चीनमा कोरोना भाइरसको सङ्क्रमणसँगै चीनले अपनाएको कडा नियन्त्रण प्रयासअन्तर्गत कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन् । नाइट्रोजन ग्यास खासगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ ।

नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारन्टिनमा रहेको र नाइट्रोजन डाइअक्साइड घटेको समयावधि मिलेको बताएको छ । नासाका तस्बिरमा जनवरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ । सन् २०१९ को जनवरी र फेब्रुअरी महिनामा  नासाले लिएको तस्बीरलाई  तुलना गर्दा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको हो । नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरीको अन्त्यदेखि फेब्रुअरीमा चीनमा प्रदूषण केही घटेको पाइने गरेको तर पर्व सकिएपछि पुनः बढ्ने गरेको वैज्ञानिकहरूको भनाइ रहेको छ । 

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भन्नुभयो, “कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलो पटक देखेँ ।” उहाँले भन्नुभयो, “यस वर्ष विगतमाभन्दा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको छ । मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस सङ्क्रमण फैलनबाट रोक्न देशभर अपनाइएका उपायका कारण प्रदूषणमा उल्लेख्य कमी आएको हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव