फागुन २१, एजेन्सी | कोरोना भाइरसको संक्रमणबाट इराकमा एक जनाको मृत्यु भएको छ | बुधबार ७० वर्षीय मौलवीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् |
उक्त भाइरस ३१ जनामा सो रोगको संक्रमण देखिएको जनाइएको छ | इराकको उत्तरी कुर्दिस स्वायत्त क्षेत्रका स्वास्थ्य प्रवक्ताका अनुसार मृत्यु भएका व्यक्तिलाई त्यसअघि उत्तरपूर्वी शहर सुलेमानियामा क्वारेन्टाइनमा राखिएको थियो |
चीनको वुहानबाट फैलिएको कोराना संक्रमण अहिले विश्वभर महामारीका रुपमा फैलिएको छ |