२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्,’मेरालागि अमेरिकी जनताको जीवनभन्दा महत्वपूर्ण अरु केही छैन’

२०७६, २९ फाल्गुन बिहीबार ०७:२३

फागुन २९, एजेन्सी | अमेरिकाले कोरोनाभाइरस (काेभिड–१९) को सङ्क्रमण  फैलिन नदिनकालागि युरोपेली देशहरुबाट हुने उडान तथा यात्रामा प्रतिबन्ध लगाएको छ | उक्त प्रतिबन्ध बेलायतमा भने लागु नहुने  ट्रम्पले बताएका छन् |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् | कोरोनाभाइरसका कारण अमेरिकामा हाल सम्म ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा सङ्क्रमण देखा परेको छ |

त्यस्तै बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गएको छ | राष्ट्रपति ट्रम्पले बुधबार सम्बोधन गर्दै कोरोना भाइरस विश्वभरको दुस्मन भएको बताएका छन् |

नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताएका छन् | 

उनले अमेरिकी जनताको स्वास्थ्य भन्दा आफ्नोलागी अरु केहि ठुलो नभएको बताएका छन् | ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण