२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउन उल्लङ्घन गरेको भन्दै दाइले गरे भाइको हत्या

२०७६, १५ चैत्र शनिबार ०३:१६

चैत १५, काठमाडौँ | कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि भारतमा लगाइएको लकडाउन अब मानिसहरुका लागि सकस बन्न थालेको छ । लकडाउनले मानिसहरुको सम्बन्धमा पनि असर गर्न थालेको छ । ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका छन् । विशेष गरेर मजदुरहरुले धेरै दुःख पाइरहेका छन् । दुई छाक खाना जुटाउन पनि उनीहरुलाई धौ–धौ भइरहेको छ ।

यही संकटकाबीच बुधबार लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक दाइले आफ्नै भाइको हत्या गरेका छन् । कोरोनभाइरसलाई कारण बनाएर देशमा यसलाई पहिलो हत्याको मामिला बताइएको छ । मुम्बईको कान्दिवली इस्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको समयमा घरबाट ननिस्कन निर्देशन दिएका थिए । तर, दुर्गेशले त्यसलाई वेबास्ता गर्दै घरबाट निस्किएका थिए ।

राजेश मुम्बईमा आफ्नो पत्नीसँग बस्थे भने दुर्गेश पुणेमा वेटरको काम गर्थे । लकडाउनका कारण एक हप्ताअघि दुर्गेशले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि उनी मुम्बई आएर राजेशसँग बस्न थालेका थए ।

बुधबार लकडाउन भएपछि राजेशले उनलाई घरबाट बाहिर ननिस्कन भनेका थिए । तर, दुर्गेश अटेर गर्दै बाहिर निस्केपछि दुईबीच झगडा भएको थियो । यही क्रममा राजेशले दुर्गेशको टाउकोमा भाँडाले प्रहार गर्दा उनी घाइते भएका थिए । उनलाई अस्पताल पुर्याउँदा डाक्टरहरुले मृत घोषित गरेका थिए । प्रहरीले अहिले राजेशलाई पक्राउ गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण