२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस प्रकोपका समय जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

२०७६, २१ चैत्र शुक्रबार १८:१७

चैत २१, रायपुर (रासस/पीटीआई) | भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ । 

यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणका कारण लागू भएको राष्ट्रव्यापी तालाबन्दीमा जन्मेका उनीहरू अस्पतालबाट घर फर्किसकेका छन् । 

उनीहरूका अभिभावक प्रीति वर्मा (आमा) र शुभ्र सिंह (बावु) ले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका छन् । जुम्ल्याहाकी आमाले कोरोनाभाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताउनुभयो । उहाँले अस्पतालको कुशल व्यवस्थापनका कारण आफूहरू सुरक्षित घर फर्किएकोमा उहाँले रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पताल र आफ्नो सेवामा सम्लग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिनुभयो । 

“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।” चैत १३ (मार्च २६)का दिन आफूलाई प्रसव व्यथा लागेको कोभिड र कोरोनाकी आमाले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । एक दिनपछि अर्थात् १४ (मार्च २६) गते जुम्ल्याहा जन्मिएका थिए । 

वर्माले भन्नुभयो, “लकडाउनका कारण सडकमा कुनै सवारी चलाउन अनुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको थियो तर उनीहरू (सुरक्षकर्मी) ले मेरो अवस्था देखेपछि अवरोध गरेनन् । अस्पताल जान पाइयो । 

मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सोचिरहेको थिएँ तर सौभाग्यवश चिकित्सकहरू र अन्य स्टाफहरू निकै सहयोग गर्नुभयो । हामी आज खुशी छौँ ।” 

“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ ।” 

अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् । ती दम्पतीको स्थायी घर उत्तर प्रदेशमा रहेको भएपनि पछिल्ला केही वर्षदेखि छत्तिसगढ राज्यको राजधानीको पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण