२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमण ११ लाख माथि, चीन अब छैटौं स्थानमा

२०७६, २२ चैत्र शनिबार ०७:२१

चैत २२, काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा ठूलो सङ्ख्यामा नागरिक सङ्क्रमित भएका मुलुकको सूचीमा फ्रान्स थपिएसंगै चीन सर्वाधिक कोरोना संक्रमितको सूचीमा छैटौं देश बनेको छ । शुक्रबारको आँकडासँगै फ्रान्सले भाइरस उत्पत्ति भएको चीनभन्दा धेरै मानिस सङ्क्रमित भएका अन्य मुलुकको सूचीमा पाँचौं स्थान बनाएको छ । 

यसअघि नै संयुक्त राज्य अमेरिका, स्पेन, इटाली र जर्मनीमा चीनमा भन्दा बढी सङ्क्रमित फेला परेका थिए । अमेरिकामा सर्वाधिक संक्रमित भेटिएका छन् । अमेरिकामा २ लाख ७७ हजार ५२२ संक्रमित पुगेका छन् भने ७ हजार ४०३ जनाको मृत्यु भईसकेको छ । 

दोश्रो सूचीमा रहेको इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् भने १४ हजार ६८१ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेको स्पेनमा १ लाख १९ हजार १९९ जनामा कोरोनाको संक्रमित देखिएको छ भने ११ हजार १९८ जनाको मृत्यु भईसकेको छ । 

यता चौथो स्थानमा रहेको जर्मनीमा ९१ हजार १५९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ १ हजार २७५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

त्यस्तै पाँचौं स्थानमा उक्लिएको फ्रान्समा संक्रमितको शंख्या ८२ हजार १६५ जनामा कोरोना संक्रमित छन् भने ६ हजार ५०७ जनाले ज्यान गुमाईसकेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका एक निर्देशक जेरोम स्यालमनका अनुसार, यसअघि सरकारले अस्पतालहरूबाट प्राप्त तथ्याङ्क मात्र गनिरहेको थियो भने नर्सिङ होमबाट प्राप्त तथ्याङ्क जोड्दा मृतकको सङ्ख्या ६१ प्रतिशत र सङ्क्रमितको सङ्ख्या ४४ प्रतिशतले बढ्यो । यसअघि पेरिस सरकारले धेरै नागरिकहरूको सङ्क्रमण र मृत्युको रिपोर्ट लुकाएको भनेर धेरै आलोचना खेपेको थियो । 

चीनमा भने कोरोनाको संक्रमण मन्द गतिमा बढेको छ । चीनमा हालसम्म ८१ हजार ६३९ जनामा कोरोना संक्रमित भेटिएका छन् जहाँ आजसम्म ३ हजार ३२६ जनाको मृत्यु भईसकेका छन् । 

कोरोनाको संक्रमण र मृत्यु संख्याबारे चीनले सार्वजनिक गरेको तथ्यांकमाथि अमेरिकासँगै केही युरोपेली मुलुकहरूले प्रश्न उठाउँदै आएका छन् । चीनले सार्वजनिक गरेका तथ्यांक यथार्थ नभएको आशंका ती देशको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण