१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना संक्रमितको शंख्या ३ लाख नाघ्यो, दोश्रो स्थानमा स्पेन (अपडेट)

२२ चैत्र २०७६, शनिबार १९:०५

चैत २३, काठमाडौँ | विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सनिबार रातिसम्म ११ लाख ८२ हजार नाघेको छ । यस्तै यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको शंख्या ६३ हजार ९२५ पुगेको छ । 

यसैगरी विश्वभरमा २ लाख ४४ हजार २२४ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 


कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एकै दिन २३ हजार ९८६ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म ३ लाख १ हजार १४७ जनामा कोरोनाको संक्रमण भईसकेको छ भने हालसम्म ८ हजार १७३ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र कोरोना संक्रमितको शंख्या १ लाख १३ हजार ७०४ पुगेको छ । जहाँ एकै दिनमा १० हजार भन्दा बढीमा संक्रमण फेला परेको हो । 

हेर्नुहोस् अमेरिकाको बिभिन्न सहरमा कोरोना संक्रमणको पछिल्लो अवस्था: 

अमेरिका पछि दोश्रो सूचीमा रहेको इटालीलाई तेश्रो स्थानमा पार्दै कोरोना संक्रमणको दोश्रो स्थानमा स्पेन पुगेको छ । स्पेनमा १ लाख २४ हजार ७३६ संक्रमित छन् भने ११ हजार ७४४ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेको इटालीमा १ लाख २४ हजार ६३२ जनामा कोरोनाको संक्रमित देखिएको छ भने विश्वमै सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने देशको रुपमा रहेको इटालीमा हालसम्म १५ हजार ३६२ जनाको मृत्यु भईसकेको छ । 

यता चौथो स्थानमा रहेको जर्मनीमा हालसम्म ९२ हजार १५० जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ १ हजार ३३० जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

त्यस्तै पाँचौं स्थानमा उक्लिएको फ्रान्समा संक्रमितको शंख्या ८९ हजार ९५३ जनामा कोरोना संक्रमण फेला परिसकेको छ भने ७ हजार ५६० जनाले ज्यान गुमाईसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण फ्रान्समा मात्र १ हजार ५३ जनाको मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य मन्त्रालय एक निर्देशक जेरोम स्यालमनका अनुसार, यसअघि सरकारले अस्पतालहरूबाट प्राप्त तथ्याङ्क मात्र गनिरहेको थियो भने नर्सिङ होमबाट प्राप्त तथ्याङ्क जोड्दा मृतकको सङ्ख्या ६१ प्रतिशत र सङ्क्रमितको सङ्ख्या ४४ प्रतिशतले बढ्यो । यसअघि पेरिस सरकारले धेरै नागरिकहरूको सङ्क्रमण र मृत्युको रिपोर्ट लुकाएको भनेर धेरै आलोचना खेपेको थियो । 

चीनमा भने कोरोनाको संक्रमण मन्द गतिमा बढेको छ । चीनमा हालसम्म ८१ हजार ६३९ जनामा कोरोना संक्रमित भेटिएका छन् जहाँ आजसम्म ३ हजार ३२६ जनाको मृत्यु भईसकेका छन् । 

कोरोनाको संक्रमण र मृत्यु संख्याबारे चीनले सार्वजनिक गरेको तथ्यांकमाथि अमेरिकासँगै केही युरोपेली मुलुकहरूले प्रश्न उठाउँदै आएका छन् । चीनले सार्वजनिक गरेका तथ्यांक यथार्थ नभएको आशंका ती देशको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध