१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

२३ चैत्र २०७६, आईतवार ०८:५३

चैत २३, इस्लामावाद (रासस-एएनआई) | पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । 

देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 

अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ७०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । 

आइतबार भने संक्रमित अवस्थामा रहेका मध्ये १८ जनाको अवस्था गम्भीर रहेको र १७० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको पनि जनाएको छ । पन्जावमा एक हजार १६३ जना संक्रमित भएका छन् । 

त्यसैगरी दोस्रो धेरै संक्रमित सिन्ध प्रान्तमा रहेका छन्, जहाँ ८६४ जना संक्रमित भएका छन् । 

मन्त्रालयका अनुसार खैबर पख्तुन्ख्वामा ३७२ जना, गिल्गिट बाल्तीस्तानमा २०६ जना, बलुचिस्तानमा १८५ जना, केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा ७८ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १२ जना संक्रमित रहेका छन् । 

विश्वभरी २०० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म १२ लाखभन्द बढी बिरामी भएका छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध