१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

२४ चैत्र २०७६, सोमबार ०७:०५

चैत २४, लन्डन | कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ ।

निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ । ‘कोरोना भाइरस पुष्टि भएको १० दिनपछि पनि निरन्तर लक्षण देखिएपछि सावधानीका लागि यस्तो कदम चालिएको हो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ– ‘जोनसनलाई आपत्कालीन अवस्थाका कारण नभई उनकै चिकित्सकको सल्लाहअनुसार थप परीक्षणका लागि सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।’

जोनसनले गत मार्च २७ मा आफूमा कोरोना भाइरस पुष्टि भएको घोषणा गरेका थिए । त्यसपछि उनी डाउनिङ स्ट्रिटमै आइसोलेसनमा गएका थिए । शुक्रबार जारी गरिएको भिडियो सन्देशमा उनले आफ्नो स्वास्थ्य अवस्था सुध्रिदै गएको भए पनि ज्वरो अझै रहेको बताएका थिए ।

१० दिनको आइसोलेसन बसाइमा पनि जोनसनले कोरोना भाइरस प्रकोपसम्बन्धी बेलायती प्रयासको नेतृत्व गरिरहेका थिए । आइसोलेसेनमै रहँदा उनले दैनिक रूपमा हुने प्रकोप नियन्त्रणसम्बन्धी बैठकको नेतृत्वसमेत गरेका उनले कैयौं भिडियो सन्देशसमेत जारी गरिरहेका थिए । जोनसनलाई अस्पताल भर्ना गरिए पनि सरकारको नेतृत्व उनले नै गर्ने डाउनिङ स्ट्रिटले उल्लेख गरेको छ । सोमबारको कोरोना भाइरस नियन्त्रणसम्बन्धी बैठकको नेतृत्व भने विदेशमन्त्री डोमेनिक राबले गर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता