२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना संक्रमितको शंख्या ४ लाख पुग्यो, न्युयोर्कमा एकै दिन ७ सय ३१ जनाको मृत्यु

२०७६, २६ चैत्र बुधबार ०४:०२

चैत २६, काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारी विश्वकै सबैभन्दा तीब्र रुपमा फैलिएको देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा मात्र ४ लाख भन्दा बढी कोरोना संक्रमित भएका छन् । जहाँ मृत्यु हुनेको शंख्या १२ हजार ८५४ पुगेको छ । 

अमेरिकाको सबैभन्दा बढी संक्रमण फैलिएको न्युयोर्क सहरमा मात्र एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र १ लाख ४२ हजार ३८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । न्युयोर्कमा कुल ५ हजार ४८९ जनाले ज्यान गुमाएका छन् । 

अमेरिकाको अर्को सहर न्यु जर्सीमा ४४ हजार ४१६ जना कोरोना संक्रमित भएका छन् भने १ हजार २३२ जनाको मृत्यु भईसकेको छ । न्युजर्सी पछि मिचीगान (१८,९७० संक्रमित), क्यालीफोर्निया (१७,५३७ संक्रमित), ल्युसियाना (१६,२८४ संक्रमित), मासाचुसेट्स (१५,२०२ संक्रमित), पेन्स्यालभानिया (१४,९४५ संक्रमित), फ्लोरिडा (१४,७४७ संक्रमित) र इलिनोइस (१३,५९४ संक्रमित) छन् । अमेरिकाका अन्य सहरहरुमा समेत हजारौं संक्रमित भेटिएका छन् ।


Photo: Kena Betancur/Getty Images/AFP

कोरोनाको कारण अमेरिकाको जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ । टाइसन न्युयोर्कको जेलमा मृत्यु हुने पहिलो व्यक्ति हुन् । उनी न्युयोर्कको ठूलो जेल राइकर्स आइल्याण्डमा राखिएका थिए ।

सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क शहर अमेरिकामा कोभिड १९ को इपिसेन्टर बनेको बताएका छन् । दुई दिनसम्म संक्रमितको संख्या कम भएका बेला फेरि एक्कासी मृत्यु हुनेको संख्या बढेको हो ।

यद्यपि गभर्नरले तीनदिनयता नयाँ संक्रमितको संख्या घटेको बताएका छन् । उनले शहरबासीलाई स्वास्थ्यसम्बन्धी गाइडलाइन पालना गर्न, सामाजिक दुरी कायम राख्न र घरभित्र बस्न आग्रह गरेका छन् । उनले न्युयोर्कबासीलाई ठूलो संख्यामा भेला नहुन पनि आग्रह गरेका छन् ।

गभर्नर कुमोले कम्तीमा ११ सय कैदी बन्दीलाई मुक्त गर्न आदेश जारी गरेका छन् । गभर्नरका सहयोगीले एक प्रश्नको उत्तर दिँदै जेलमा भाइरस संक्रमणको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको बताएका छन् ।

कोरोना संक्रमणमा मुख्य चपेटामा रहेका अन्य देशहरुको स्थिति

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट विश्वमा १४ लाख ३१ हजार ७०६ जना संक्रमित भएका छन् । जसमध्य ८२ हजार ८० जनाले ज्यान गुमाईसकेका छन् । यसैवीच विश्वमा कोरोना संक्रमित भएर ३ लाख २ हजार १५० जना निको भएका छन् । १० लाख भन्दा बढी भने यो संक्रमणसंग जुधीरहेका छन् । 

कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव देखिएको अमेरिका पछि स्पेनमा हालसम्म संक्रमितको शंख्या १ लाख ४१ हजार ९४२ पुगेको छ भने स्पेनमा हालसम्म १४ हजार ४५ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा १ लाख ३५ हजार ५८६ जना संक्रमित हुँदा १७ हजार १२७ जनाको मृत्यु भएको छ । हालसम्मको डाटा हेर्दा कोरोनाको कारण हालसम्म सबैभन्दा बढी मृत्यु इटालीमाभएको छ । इटालीको संक्रमणको तथ्यांक हेर्दा मृत्युदर झन्डै १० प्रतिशत हो । 

यता फ्रान्समा कोरोना संक्रमितको शंख्या १ लाख ९ हजार ६९ पुगेको छ । यहाँ हालसम्म १० हजार ३२८ जनाले कोरोनाको कारणम ज्यान गुमाएका छन् । 

त्यस्तै जर्मनीमा पनि कोरोना संक्रमणको शंख्या १ लाख ७ हजार ६६३ पुगेको छ । यहाँ मृत्यु हुनेको शंख्या २ हजार १६ रहेको छ ।  

गत जनवरी १० मा पहिलो पटक कोरोना संक्रमण फेला परेको चीनमा भने कोरोना संक्रमणको स्थिति नियन्त्रणको चरणमा छ । यहाँ हालसम्म ८१ हजार ८०२ जनामा कोरोना संक्रमण भएकोमा ३ हजार ३३३ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको कारण युरोपका अधिकांश देशहरु समस्यामा छन् । नियन्त्रणको आशा गरिरहंदा कोरोनाको संक्रमण बढीरहेको तथ्य पछिल्लो समय बढीरहेको तथ्यांकले पनि देखाउंछ । 

यता नेपालमा कोरोना संक्रमण घटाउने लक्ष्य सहित चैत १३ गतेदेखि लकडाउन जारी छ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा ८ जना विदेशबाट नेपाल आएकाहरु छन् भने एक जना स्थानीय हुन् । नेपालमा कोरोना संक्रमित फेला पारिएका मध्ये एक जना निको भईसकेका छन् भने बाँकी ८ जना उपचारकै क्रममा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ