१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना संक्रमितको शंख्या ४ लाख पुग्यो, न्युयोर्कमा एकै दिन ७ सय ३१ जनाको मृत्यु

२६ चैत्र २०७६, बुधबार ०४:०२

चैत २६, काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारी विश्वकै सबैभन्दा तीब्र रुपमा फैलिएको देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा मात्र ४ लाख भन्दा बढी कोरोना संक्रमित भएका छन् । जहाँ मृत्यु हुनेको शंख्या १२ हजार ८५४ पुगेको छ । 

अमेरिकाको सबैभन्दा बढी संक्रमण फैलिएको न्युयोर्क सहरमा मात्र एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र १ लाख ४२ हजार ३८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । न्युयोर्कमा कुल ५ हजार ४८९ जनाले ज्यान गुमाएका छन् । 

अमेरिकाको अर्को सहर न्यु जर्सीमा ४४ हजार ४१६ जना कोरोना संक्रमित भएका छन् भने १ हजार २३२ जनाको मृत्यु भईसकेको छ । न्युजर्सी पछि मिचीगान (१८,९७० संक्रमित), क्यालीफोर्निया (१७,५३७ संक्रमित), ल्युसियाना (१६,२८४ संक्रमित), मासाचुसेट्स (१५,२०२ संक्रमित), पेन्स्यालभानिया (१४,९४५ संक्रमित), फ्लोरिडा (१४,७४७ संक्रमित) र इलिनोइस (१३,५९४ संक्रमित) छन् । अमेरिकाका अन्य सहरहरुमा समेत हजारौं संक्रमित भेटिएका छन् ।


Photo: Kena Betancur/Getty Images/AFP

कोरोनाको कारण अमेरिकाको जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ । टाइसन न्युयोर्कको जेलमा मृत्यु हुने पहिलो व्यक्ति हुन् । उनी न्युयोर्कको ठूलो जेल राइकर्स आइल्याण्डमा राखिएका थिए ।

सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क शहर अमेरिकामा कोभिड १९ को इपिसेन्टर बनेको बताएका छन् । दुई दिनसम्म संक्रमितको संख्या कम भएका बेला फेरि एक्कासी मृत्यु हुनेको संख्या बढेको हो ।

यद्यपि गभर्नरले तीनदिनयता नयाँ संक्रमितको संख्या घटेको बताएका छन् । उनले शहरबासीलाई स्वास्थ्यसम्बन्धी गाइडलाइन पालना गर्न, सामाजिक दुरी कायम राख्न र घरभित्र बस्न आग्रह गरेका छन् । उनले न्युयोर्कबासीलाई ठूलो संख्यामा भेला नहुन पनि आग्रह गरेका छन् ।

गभर्नर कुमोले कम्तीमा ११ सय कैदी बन्दीलाई मुक्त गर्न आदेश जारी गरेका छन् । गभर्नरका सहयोगीले एक प्रश्नको उत्तर दिँदै जेलमा भाइरस संक्रमणको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको बताएका छन् ।

कोरोना संक्रमणमा मुख्य चपेटामा रहेका अन्य देशहरुको स्थिति

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट विश्वमा १४ लाख ३१ हजार ७०६ जना संक्रमित भएका छन् । जसमध्य ८२ हजार ८० जनाले ज्यान गुमाईसकेका छन् । यसैवीच विश्वमा कोरोना संक्रमित भएर ३ लाख २ हजार १५० जना निको भएका छन् । १० लाख भन्दा बढी भने यो संक्रमणसंग जुधीरहेका छन् । 

कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव देखिएको अमेरिका पछि स्पेनमा हालसम्म संक्रमितको शंख्या १ लाख ४१ हजार ९४२ पुगेको छ भने स्पेनमा हालसम्म १४ हजार ४५ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा १ लाख ३५ हजार ५८६ जना संक्रमित हुँदा १७ हजार १२७ जनाको मृत्यु भएको छ । हालसम्मको डाटा हेर्दा कोरोनाको कारण हालसम्म सबैभन्दा बढी मृत्यु इटालीमाभएको छ । इटालीको संक्रमणको तथ्यांक हेर्दा मृत्युदर झन्डै १० प्रतिशत हो । 

यता फ्रान्समा कोरोना संक्रमितको शंख्या १ लाख ९ हजार ६९ पुगेको छ । यहाँ हालसम्म १० हजार ३२८ जनाले कोरोनाको कारणम ज्यान गुमाएका छन् । 

त्यस्तै जर्मनीमा पनि कोरोना संक्रमणको शंख्या १ लाख ७ हजार ६६३ पुगेको छ । यहाँ मृत्यु हुनेको शंख्या २ हजार १६ रहेको छ ।  

गत जनवरी १० मा पहिलो पटक कोरोना संक्रमण फेला परेको चीनमा भने कोरोना संक्रमणको स्थिति नियन्त्रणको चरणमा छ । यहाँ हालसम्म ८१ हजार ८०२ जनामा कोरोना संक्रमण भएकोमा ३ हजार ३३३ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको कारण युरोपका अधिकांश देशहरु समस्यामा छन् । नियन्त्रणको आशा गरिरहंदा कोरोनाको संक्रमण बढीरहेको तथ्य पछिल्लो समय बढीरहेको तथ्यांकले पनि देखाउंछ । 

यता नेपालमा कोरोना संक्रमण घटाउने लक्ष्य सहित चैत १३ गतेदेखि लकडाउन जारी छ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा ८ जना विदेशबाट नेपाल आएकाहरु छन् भने एक जना स्थानीय हुन् । नेपालमा कोरोना संक्रमित फेला पारिएका मध्ये एक जना निको भईसकेका छन् भने बाँकी ८ जना उपचारकै क्रममा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध