२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

२०७६, २७ चैत्र बिहीबार ०६:४७

चैत २७, काठमाडौँ (रासस/एएनआई) | भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । 

बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । 

महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ ।

पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो ।

ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।     

भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ ।

भारतमा बिहीबारसम्म ५ हजार ७३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो ।

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्र्किएका छन् ।

यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । 

गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ ।

त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ