२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा हरेक चार जनामा एकलाई कोरना संक्रमण, मृत्युको संख्या १६ हजार नाघ्यो

२०७६, २८ चैत्र शुक्रबार ०२:१९

चैत २८, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अमेरिकामा २० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकिएको दाबी समेत गरेका छन् । उनको दावीलाईनै मान्ने हो भने पनि अमेरिकामा रहेका हरेक चार जना मध्ये १ जनालाई कोरोनाको संक्रमण देखिएको छ । 

बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ । 

विश्व संक्रमणमा सबैभन्दा अग्र स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६८ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरैमा कोरोनाको नयाँ संक्रमित भेटिएका छन् । 

विश्वको अवस्थालाई मध्यनजर गर्ने हो भने विश्वमा आज बिहानसम्म १६ लाख ३ हजार ७१९ पुगेको छ । विश्वमा हालसम्म कोरोना भाइरसको कारण ९५ हजार ७२२ जनाले ज्यान गुमाईसकेका छन् । विश्वभर कोरोनाबाट मुक्त हुनेको शंख्या भने ३ लाख ५६ हजार ६५५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण