१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलद्वारा कोभिड–१९ सङ्क्रमितको उपचारमा रोबोटको प्रयोग हुँदै

२८ चैत्र २०७६, शुक्रबार १६:२४

चैत २८, जेरूसेलम | इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको छ । 

रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट  विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो ।  यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकता अनुसार विकसित गरिएको हो र चाँडै नै त्यहाँ सञ्चालन हुने आशा गरिएको छ ।

अन्वेषकहरुका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरु रमबाम र अरु इजरायली अस्पतालहरुमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन् । 

अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्नेछ । 

“हामी त्यस्ता सुविधाहरू थप्नेछौं जसले वास्तविक उपचारमा मद्दत गर्दछ । जस्तै सेन्सरहरूले बिरामीको नाडी दर र रगत अक्सिजन स्तर जाँच गर्छन्,” अन्वेषक टोलीका एक सदस्यले बताए  ।  

रोबोट इजरायलको हाईफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रम अन्तर्गत विकसित गरिएको थियो । 

एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाई सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल