२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलद्वारा कोभिड–१९ सङ्क्रमितको उपचारमा रोबोटको प्रयोग हुँदै

२०७६, २८ चैत्र शुक्रबार १६:२४

चैत २८, जेरूसेलम | इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको छ । 

रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट  विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो ।  यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकता अनुसार विकसित गरिएको हो र चाँडै नै त्यहाँ सञ्चालन हुने आशा गरिएको छ ।

अन्वेषकहरुका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरु रमबाम र अरु इजरायली अस्पतालहरुमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन् । 

अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्नेछ । 

“हामी त्यस्ता सुविधाहरू थप्नेछौं जसले वास्तविक उपचारमा मद्दत गर्दछ । जस्तै सेन्सरहरूले बिरामीको नाडी दर र रगत अक्सिजन स्तर जाँच गर्छन्,” अन्वेषक टोलीका एक सदस्यले बताए  ।  

रोबोट इजरायलको हाईफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रम अन्तर्गत विकसित गरिएको थियो । 

एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाई सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण