२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीको विश्वव्यापी असर, संक्रमितको संख्या २१ लाख नजिक (अपडेट)

२०७७, ४ बैशाख बिहीबार ०२:५२

वैशाख ४, काठमाडौँ | विश्वमा कोरोनाबाट संक्रमितहरुको संख्या २० लाख आघिसकेको छ । बिहिबार विहानसम्मको तथ्याँकअनुसार विश्वभर २० लाख ८३ हजार ३०४ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै एक लाख ३४ हजार ६१५ जनाको मृत्यु भएको छ । 

त्यस्तै संक्रमणबाट विश्वभर ५ लाख १० हजार ३४१ जना निको समेत भएका छन् । विश्वको देशगत तथ्यांकलाई हेर्ने हो भने अमेरिका कोरोनाको चपेटामा पर्ने पहिलो मुलुक बनेको छ । अमेरिकामा मात्र कोरोना भाइरसको कारण ६ लाख ४४ हजार ८९ जना संक्रमित भएका छन् भने २८ हजार ५२९ जनाको कोरोनाको कारण मृत्यु भईसकेको छ । अमेरिकामा कोरोना संक्रमण भई निको हुनेको शंख्या भने ४८ हजार ७०१ पुगेको छ । 

अमेरिको मुख्य सहर न्युयोर्कमा कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव रहेको छ । यो सहरमा मात्र २ लाख १४ हजार ६४८ जना कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यस्तै न्यु जर्सीमा ७१ हजार ३० जना संक्रमित भेटिएका छन् । अमेरिकाको अन्य राज्यहरुमा समेत कोरोनाको प्रभाव भयावह अवस्थामा छ । 

अमेरिका पछि कोरोनाको असर स्पेनमा छ । स्पेनमा १ लाख ८० हजार ६५९ जनामा कोरोना संक्रमण फेला परेको छ । यहाँ मृतकको शंख्या १८ हजार ८१२ रहेको छ । 

त्यस्तै इटालीमा १ लाख ६५ हजार १५५ जनामा संक्रमित भएकोमा २१ हजार ६४५ जनाको ज्यान गएको छ । 

त्यस्तै फ्रान्समा १ लाख ४७ हजार संक्रमित भएकोमा १७ हजार १६७ जनाको ज्यान गएको छ । 

उता जर्मनीमा १ लाख ३४ हजार जनामा कोरोना संक्रमण भएकोमा ३ हजार ८०४ जनाको मृत्यु भएको छ । 

त्यस्तै युकेमा १ लाख ३४ हजार ७५३ जनामा कोरोना संक्रमण भेटिएको छ भने १२ हजार ८६८ जनाको मृत्यु भएको छ । 

कोरोनाको प्रभावमा ७ औं स्थानमा रहेको चीनमा भने हालसम्म ८२ हजार ३४१ जनामा कोरोना संक्रमण भेटिएको छ भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । 

चीन पछि इरान र टर्कीमा कोरोनाको प्रभाव बढी देखिएको छ । इरानमा ७६ हजार ३८९ जनामा कोरोना संक्रमण भेटिएको छ भने टर्कीमा ६९ हजार ३९२ जनामा संक्रमण भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण