१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२९० थपिए

५ बैशाख २०७७, शुक्रबार ०९:५५

वैशाख ५ काठमाडौँ | कोरोना भाइरस (कोभिड-१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९० जना थपिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेका थिए ।

वुहानले कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार आठ सय ६९ पुर्‍याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले तीन सय २५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार तीन सय ३३ पुगेको छ ।

यो संख्या चीनको समग्र संक्रमितको करिब दुईतिहाइ हो । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो ।

अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । यसअघि अस्पतालमा भर्ना भएकाबाहेक बिरामीको मृत्युलाई भने समावेश गरिएको थिएन । साथै केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।

चीनले सार्वजनिक गरेको तथ्यांकमा विश्वभर आशंका उत्पन्न भइरहेको समयमा वुहानले आफ्नो तथ्यांकमा पुनरावलोकन गरेको हो । यसअघि चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै आएको थियो ।

स्रोत : एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल