१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार

७ बैशाख २०७७, आईतवार ०८:५२

वैशाख ७, टोकियो (रासस–एपी) | जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ । 

यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म १७४ जनाको मृत्यु भएको छ । 

अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या अझै पनि तुलनात्मक रूपमा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् । 

जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ । 

विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् । 

प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गर्नु भएको थियो । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गर्नु भएको हो । 

जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ ।

सियोलः दक्षिण कोरियामा विगत २४ घण्टामा ८ जना नयाँ संक्रमणका घटना भेटिएका छन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आइतबारम्ममा देशभर १० हजार ६६१ जना संक्रमित भएका र २३४ जनाको मृत्यु भएको छ । 

केन्द्रले कोरोनाभाइरस संक्रमितमध्ये ८ हजार ४२ जना निको भएको जनाएको छ । अरु १२ हजार २४३ जनामा कोरोना संक्रमण भए नभएको बारे परीक्षण भइरहेको छ । 

दक्षिण कोरियाली अधिकारीहरुले कोरोनाभाइरस संक्रमितको संख्यामा कमी आएसँगै सामाजिक दूरीको नियममा सहजीकरण गरिएका कारण “भित्रभित्रै” कोरोना भाइरस फैलन सक्ने भन्दै चेतावनी दिएका छन् ।  

रियो दे जेनेरोः ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले घोषणा गर्नु भएको राष्ट्रव्यापी लकडाउनको अवज्ञा गर्दै ब्राजिलका विभिन्न शहरमा सयौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् ।

ट्रक, कार र मोटरसाइकलमा आएका प्रदर्शनकारीले रियो दे जेनेरो, साओ पाउलो र राजधानी ब्रासिलिया समेतका शहरका सडकमा लकडाउनको विरोधमा हर्न बजाएर विरोध गरेका थिए । उनीहरुले हप्तौंसम्म अधिकांश पेशा व्यवसाय बन्द गर्न आदेश जारी गर्ने गभर्नरहरुलाई राजीनामा दिन माग गरेका छन् । 

ब्रासिलियामा राष्ट्रपति बोल्सोनारोले अर्थतन्त्र पुनः खुला गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

म्याड्रिडः कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनी सरकारले कोरोनाभाइरस प्रसार रोक्न थप दुई साता आपतकाल कायम राखिने बताउनुभएको छ । तर उहाँले बालबालिकाका लागि परिस्थितिमा सहजीकरण गर्न लागिएको बताउनुभयो ।

स्पेनमा मध्य मार्चदेखि युरोपमै सबैभन्दा कठोर लकडाउन कायम छ । लकडाउनका कारण आर्थिक गतिविधि शून्यप्रायः अवस्थामा छ । स्थानीय सरकार, अभिभावक र कतिपय शिक्षा क्षेत्रका विज्ञहरुले बालबालिकालाई लकडाउन खुकुलो बनाउन आग्रह गरेपछि सरकारले आगामी ९ दिनभित्रै नयाँ नियम सार्वजनिक गर्न लागेको जनाएको छ । 

स्पेनमा जारी आपतकालको घोषणालाई संसदले अनुमोदन गर्नु पर्नेछ । 

पेरिसः फ्रान्सको राष्ट्रिय स्वास्थ्य सेवा विभागले अस्पतालको सघन उपचार कक्षमा रहेका कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको जनाएको छ । विगत तीन दिनदेखि भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आएको विभागको भनाई छ ।

फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार नाघिसकेको छ । अध्ययन अनुसार मृत्यु भएकामध्ये एक तिहाइभन्दा बढी नर्सिङ होममा रहेका ज्येष्ठ नागरिक रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’